सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गर्ने

काठमाडौं । आगामी वर्ष युवा साक्षरता शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको छ । बजेटमार्फत सरकारले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न कक्षाकोठाबाटै व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने भएको छ । पढ्दै कमाउँदै कार्यक्रम थप एक सय विद्यालयमा पुर्‍याउने सरकारको लक्ष्य छ । अहिले एक सय ४० विद्यालयमा कार्यान्वयन भएको छ ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गर्ने र माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्न सक्ने गरी विद्यार्थीलाई कुनै एक व्यावसायिक दक्षता हासिल गराई रोजगार वा स्वरोजगार बन्न सक्षम बनाउने उल्लेख छ । प्राविधिक विषयको स्नातक तह र अन्य विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्थानीय तहको योजना निर्माण र ग्रामीण विकासमा योगदान गर्ने गरी ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।

Previous Post Next Post