नेपालका प्रि–स्कुलमा यूरो किड्सको नयाँ पाठ्यक्रम

काठमाडौं । एशियाको प्रि–स्कूल सञ्जाल यूरो किड्सले प्रि–स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ । बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि यूनोइया नामक पाठ्यक्रमको सुरुवात गरेको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै सो संस्थाले यूनोइया नामक पाठ्यक्रमको सुरुवात गरेका गरेको हो ।

यूरो किड्स नेपालमा १४ वर्षदेखि सञ्चालनमा छ । पूर्णतया व्यवहारीक विधिद्धारा पढाई हुने युरो किड्स प्रि–स्कुललाई सिद्धार्थ ईन्ष्टिच्युट अफ एजुकेशन एण्ड डेभलपमेण्टद्धारा सञ्चालनमा ल्याइएको हो ।

श्रव्य–दृश्य र मनोरञ्जनात्मक सिकाइलाई जोड दिँदै पठनपाठन हुने युरो किड्स प्रि–स्कुल पूर्णतया पारिवारिक वातावरणको हुने पाठ्यक्रम विकास प्रमुख डा। अनिता मदानले जानकारी दिनुभयो ।

पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

विकास प्रमुख मदानका अनुसार बालबालिकामा संज्ञानात्मक, प्रभावकारीर कार्य सम्पादनमा आधारित सीपहरू अभिबृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्टु’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको छ ।

दुई दशकदेखि एसियाका ३ सय ५० भन्दा बढी शहरहरूमा एक हजार दुई सय भन्दा बढी प्रि–स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो । अहिले संघीय राजधानी काठमाडौं, ललितपुर, काभ्रे, विराटनगर, झापा र धनगढीमा २८ वटा प्रि–स्कुलहरू सञ्चालनमा छन् ।

यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तक्र्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्ने तथा मिश्रित सिकाइ मार्फत बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा सिइयो केभिएस शेषसाईले जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरी तयार गरेको बताउनुभयो ।

युरोकिड्सको लागि हेल्थ सेट गो नामक संस्थाले बनाएको यस कार्यक्रम अन्तर्गत बालबालिकाहरूको शारीरिक अवस्थालाई मजबुत बनाउन सहयोग पुग्ने आयोजको भनार्इ छ । यो फिटनेश पाठ्यक्रम अन्तर्राष्ट्रिय टेनरहरूको सहयोगमा तयार पारिएको हो ।

प्रि–स्कुलहरूको नेटवर्क भारत, नेपाल र बंगलादेशमा छ । सो तीन वटा देशमा १२ सय वटा यूरो किड्स प्रि–स्कूल रहेका छन् । जसमा पाँच लाख किड्सहरु अध्ययन गर्दै आएको सो अवसरमा जानकारी गराइएको छ ।

Previous Post Next Post