बालनाटक “हजुरबा हजुरआमा”

नाटककार:  गणेश सुवेदी

स्थान  – स्कुलको मञ्च

समय  – दिउँसो

पात्रहरू  –  रमा मिस, रोहण, रश्मी, सुमन, रोजित, निशा, कृष्ण, रोशनी र अन्य विद्यार्थीहरू

–विद्यार्थीहरू सबै आफ्नै सुरमा खेली रहेका छन् । तर रोहण भने एक्लै बसेर टोलाइ रहेको छ । ठिक त्यसैबेला रमा मिस आइपुग्नुहुन्छ ।

रमा मिस  –  गुड।।।मिलीजुली खेल्नु पर्छ । रमाइलो भै राछ तिमीहरूलाई रु ९सबैलाई हेर्दै०       

सबै विद्यार्थी – छ मिस।।। (तर रोहण बोल्दैन) 

रमा मिस – तर हल्ला चाहि नगरी खेल है । (रमा मिस चुपचाप बसिरहेको रोहण छेउमा पुगी) रोहण तिमीलाई सञ्चो छैन हो र ?

रोहण –  (जुरुक्क उठ्दै) छ मिस । (सबै विद्यार्थीहरूले दुबै जनालाई हेर्छन)

रमा मिस – किन।।खेल्न मन लागेन ?

रोहण – (अन्कनाउँछ मात्रै, बोल्दैन)

रमा मिस –  तिमीलाई साथीहरूले केही भने ?

रोहण – छैन मिस ।

रमा मिस –  घरमा बाबा मामुले गाली गर्नु भो ?

रोहण –  हैन मिस ।

रमा मिस –  अनि किन त ?

रोहण –  मिस मेरो हजुरबा हजुरआमा आज बिहानै गाँऊ जानु भो ।  

(सबै जना गलल्ल हाँस्छन)

रमा मिस –  (रिसाउँदै) किन हाँसेको ? (सबैजना चुप लाग्छन) हजुर बाआमा गाँऊ जानु भएकोले तिमीलाई नरमाइलो लाग्यो ?

रोहण –  हो मिस।।।मलाई कति धेरै माया गर्नु हुन्थ्यो । प्रत्येक शनिबार म उहाँहरूसँगै घुम्न जान्थे । के के किनी दिनु हुन्थ्यो मलाई ।

रमा मिस –  अनि सँगै बस्न भनेनौं त ?

रोहण –  भन्न त भनेको नि मिस तर खेतीपाती लाउनु छ भनेर जानु भो ।

रमा मिस – किन पिर मान्छौं त रु खेतीपाती लगाएर आइहाल्नु हुन्छ नी ।

रोहण –  अब नआउने रे मिस । यस पटकको दशैं पनि गाँऊमै मनाउने रे । तर म त बाबा मामुसँग यो दशैंमा जसरी भएपनि गाँऊ जान्छु ।

रमा मिस – गुड।। ।।दशैंको छुट्टीमा सबै जना घर जानु पर्छ । हजुर बाआमासँग बस्नु पर्छ । ल भन (अरु विद्यार्थीहरूलाई सोध्दै) तिमीहरू कस कस्लाई मन पर्छ हजुर बाआमा ?

(सुमन र रश्मिले मात्र हात उठाउँछन)

रमा मिस –  रश्मी तिमी भन त किन।।मन पर्छ हजुर बाआमा ?

रश्मी –  मिस मेरो हजुर बाआमा गाँऊमा बस्नुहुन्छ । मलाई बेलाबेलामा आँप, केरा, भुँईकटहर जस्ता फलफुलहरु पठाई दिनुहुन्छ । अनि नि मिस मलाई काली भैंसीको ध्यू अनि कुराउनी पनि पठाई दिनु हुन्छ ।

रमा मिस –  अनि।।। ?

रश्मी – बेलाबेलामा फोन गर्नुहुन्छ । पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुहुन्छ मिस ।

रमा मिस –  अनि सुमन, तिमीलाई चै किन।।मन पर्छ हजुर बाआमा ?

सुमन – मलाई त मेरो हजुरबाले प्लेन चढाउनु भाको छ । म पोहोरको छुट्टीमा उहाँहरूसँगै पोखरा घुम्न भएको थिए मिस ।

रमा मिस –  अनि।। ? सुन्यौ सबैले (अरु विद्यार्थीहरूसँग) ? (सबै ध्यान दिएर सुन्छन्) ।

सुमन – मैले पोखरामा फेवाताल देंखे, माछापुच्छ«े हिमाल पनि देखें । मिस, फेवाताल त कति ठूलो रहेछ है ? यसपटक त हामी धरान जाने रे घुम्न ।

रमा मिस –  अनि।।अरु के के गर्नु हुन्छ नी ?

सुमन – मलाई त हजुरबाले पढन सिकाउनु हुन्छ । स्कुल पुर्‍याउँन जानु हुन्छ । खेल्न पनि सिकाउनु हुन्छ । अनि थाहा छ मिस।।हजुर बाले मलाई भलिबल, क्रिकेट बल, ब्याट सबै किनीदिनु भएको छ ।

रमा मिस –  उहाँहरू दुबै जना गाँऊमा बस्नु हुन्छ ?

सुमन –  होइन मिस।।।हामीसँगै बस्नुहुन्छ । मलाई जहिले हजुरआमाले माया गरेर खुवाउनु हुन्छ । खानासँगै ध्यू, मह पनि दिनुहुन्छ । अनि राती सुत्ने बेलामा जहिले पनि राम्रा राम्रा परीका कथा अनि राजा र राजकुमारका कथाहरू पनि सुनाउनु हुन्छ ।

रमा मिस – अरे वाह।।।सुन्यौं तिमीरूले, सुमन र रश्मिको कुरा रु हजुर बाआमाले कति धेरै माया गर्नुहुन्छ ? भन त रोजित तिमीलाई हजुर बाआमा मन पर्छ कि पर्दैन ?

रोजित –  मिस मेरो हजुर बाआमा हुुनुहुन्न । उहाँहरू उहिल्यै बित्नु भएको रे । मेरो पनि हजुर बाआमा भईदिएको भए कति रमाइलो हुन्थ्यो है मिस ?

रमा मिस –  हो त नी।।अनि निशा तिम्रो हजुर बाआमा हुनुहुन्न ?

निशा –  हुनुहुन्छ मिस ।

रमा मिस – तिमिलाई उहाँहरू मन पर्दैन ? (निशा केही बोल्दिन)

रमा मिस – निशा तिमिलाई हजुर बाआमाले माया गर्नुहुन्न ?

निशा – (सानो स्वरमा) गर्नुहुन्छ मिस ।

रमा मिस – तर तिमिलाई मन पर्दैन कि क्या हो ?

निशा – मलाई पनि मन पर्छ नि मिस । उहाँहरूले पनि माया गर्नुहुन्छ, बोलाउनु हुन्छ तर मेरो मामुले मलाई जानै दिनु हुन्न मिस ।

रमा मिस –  उहाँहरू अर्कै घरमा बस्नुहुन्छ र ?

निशा – पहिले हामीहरू सबै जना एउटै घरमा बस्थ्यांै । तर मेरो बाबा मामु पछि अलग्गै बस्न थाल्नु भयो ।

रमा मिस – अलग अलग घरमा बसे पनि बेलाबेलामा उहाँहरूसँग भेट्न जानु पर्छ नि ।

निशा – हो मिस तर उहाँहरूलाई भेट्न जाँदा मामु रिसाउनु हुन्छ ।

रमा मिस –  हो र।। ? किन ?

निशा –  हजुरबुबा खोकी रहनु हुन्छ । हजुरआमा पनि आँखा धमिलो देख्नु हुन्छ । त्यस्तो फोहोरीलाई भेटन जानु हुन्न । दिएको पनि खानु हुन्न भन्नुहुन्छ मामुले । 

रमा मिस – अनि बाबाले नि ?

निशा –  बाबाले बेलाबेलामा मलाई पनि सँगै लिएर जानुहुन्छ तर मामुले थाहा नपाउने गरी । त्यसैले मलाई पनि जान मन लाग्छ।।।बोल्न मन लाग्छ । 

रमा मिस –  हेर बाबु नानीहरू, मान्छे जन्मे पछि पहिले बालक हुन्छ । त्यसपछि किशोर हुँदै युवा हुन्छ र पछि बुढो हुन्छ । त्यसैले जन्मेका सबै प्राणीहरू बालक हुँदै वृद्ध हुन्छन् । हाम्रा हजुरबुवा हजुरआमा पनि पहिले तिमीहरू जस्तै सानो हुनुहुन्थ्यो । अनि अहिले बुढो हुनुभयो । भोली हामी पनि बुढाबुढी हुन्छौं । मान्छे मात्र हैन सबै प्राणीहरू जन्मेपछि युवा हुँदै बुढो हुन्छन् ।

रोशनी –  चराहरू पनि बुढो हुन्छन् मिस ?

रमा मिस – हुन्छन् नि।।चराहरू त झन अण्डाबाट जन्मिन्छन् । अनि बिस्तारै हुर्कदै जान्छन् । त्यसपछि युवा हुँदै बुढो हुन्छन । सबै जनावर, पशुपंक्षी तथा किराहरूले पनि बुढो हुनुपर्छ ।

निशा – अनि बुढो भएपछि फोहोरी भइन्छ र मिस ?

रमा मिस – कसले भन्यो ? (केटाकेटीहरू मिसलाई हेरिरहन्छन्) ल सुन।।बुढाबुढी भएपछि शरिर कमजोर हुन्छ र आफ्नो काम आफैले गर्न गाह्रो हुन्छ । त्यसैले यस्तो बेलामा उहाँहरूलाई हामीहरू सबैले सहयोग गर्नुपर्छ । खाना खुवाउन, औषधि खुवाउन र हिडडुल गराउन समेत हामीहरुले नै सहयोग गर्नु पर्छ । तिमीहरूलाई थाहा छ ? हामीहरू सानो छँदा हजुर बाआमाहरूले नै खाना खुवाउने, नुवाई दिने, कपडा धोइदिने गर्नुहुन्थ्यो । त्यो मात्रै हो र आचि समेत धोइदिनु हुन्थ्यो । हो कि होइन ?

सबै – हो मिस (एकै स्वरमा) 

रमा मिस – हो।।जसरी एउटा सानो बच्चाले आफैले केही गर्न सक्दैन त्यसरी नै बुढाबुढीहरूले पनि आफ्नो काम आफैले गर्न सक्दैनन् । यस्तो बेलामा हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ । सफासुग्घर राख्नुपर्छ । माया गर्नुपर्छ । बेलाबेलामा भेट्न पनि जानुपर्छ ।

सुमन –  म त हजुर बाआमा दुबैलाई घरमा सघाउँछु नि मिस । हजुरबाको दाह्री फाल्ने मेशिन लगिदिन्छु । ब्रस, टबेल बाथरुम सम्म लगिदिन्छु । हजुरआमाले अर्‍हाएको सबै काम पनि गर्छु ।

रमा मिस – हो।।।हामीले उहाँहरूलाई माया, सहयोग गर्‍यौं भने हामीलाई पनि माया गर्नुहुन्छ । बुढाबुढी भै सकेका हजुर बाआमालाई माया गर्नु, सहयोग गर्नु भनेको असल मान्छे बन्नु पनि हो । मान्छे असल भयो भने सबैको माया पाइन्छ अनि सम्मान पनि पाइन्छ ।

निशा – मिस म पनि आजै मेरो हजुर बाआमाकोमा जान्छु । उहाँहरूले भनेको मान्छु र सकेको काम सघाउँछु । अनि नि मिस।।म यो कुरा मेरो मामुलाई पनि संझाउँछु ।

रमा मिस – गुड।।।स्कुलबाट घर गएपछि पहिले हातगोडा धुनुपर्छ।।।खाजा खानु पर्छ।।अनि होमवर्क गर्नुपर्छ । त्यसपछि हजुर बाआमालाई भेट्ने, कुराकानी गर्ने र खेल्ने गर्नु पर्छ । त्यसैले आजै देखि तिमीहरू सबैले आफ्नो बाबा, मामु, हजुरबुबा हजुरआमा सबैलाई माया गर्नु पर्छ । उहाँहरूको सम्मान गर्नु पर्छ र सक्दो सहयोग गर्नु पर्छ । हो कि होइन ?

सबै – हो मिस।।हामीहरू आजैबाट हाम्रो हजुरबुबा हजुरआमालाई माया गर्छौ ।

रमा मिस – पक्का हो ?

सबै – हो मिस।।।हामी आफ्नो हजुर बाआमालाई अब देखि सँधै माया गर्छौ।।।।।प्रमिस।।  

रमा मिस – स्याबास।।सबै जना असल मान्छे बन्नु पर्छ । असल मान्छे तब बनिन्छ जब सबै जनालाई आफूले माया, सम्मान तथा सहयोग गरिन्छ । त्यसैले आफूलाई सबै जनाले माया गरुन भन्नका लागि आफूले पनि सबैलाई माया गर्न सिक्नु पर्छ । अझ विशेष गरी बुढाबुढी भैसकेका हजुर बाआमालाई त झनै माया गर्नु पर्छ । तिमीहरू सबै जना अब देखि आफ्नो हजुर बाआमालाई जहिले पनि माया गर्छौ हैन ?

सबै – गर्छौ मिस।।।।

रमा मिस  – आहा कति राम्रा सबै जना । कति चाँडै कुरा बुझेका।।।।स्याबास।।।। (मिसले थपडी बजाउनु हुन्छ, त्यसपछि सबै जना विद्यार्थीहरूले पनि मिससँगै थपडी बजाउँछन्) ।

Email : subedijee35@gmail.com

Previous Post Next Post