एसईई उत्कृष्टलाई अवेरनेस इन्टरनेसनल एकेडेमीको सम्मान तथा पुरस्कार

काठमाडौँ । बानेश्रको शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल) ले विद्यालयबाट सर्वोत्कृष्ट नतिजा (ग्रेड) प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

विद्यालयले शैक्षिक वर्ष २०७६, २०७७ र २०७८ सालमा एसईई उत्तीर्ण हुने तथा ती राष्ट्रिय परीक्षाहरूमा विद्यालयबाट सर्वोत्कृष्ट नतिजा (ग्रेड) प्राप्त गर्ने विद्यार्थीहरूलाई शनिबार एक विशेष कार्यक्रमबीच सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

विद्यालयकै प्राङ्गणमा सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र १ का प्रदेश सांसद माननीय गणेश दुलाल प्रमुख अतिथ्यतामा र विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको सभापतित्वमा तीनवटै ब्याचका गरी करिब १८० जना एसईई उत्तीर्ण विद्यार्थीहरूलाई खादा, बधाई ज्ञापन–पत्र तथा ‘मायाको चिनो’द्वारा सम्मान गरिएको थियो । विगत वर्षहरूमा कोरोनाका कारण सम्मान कार्यक्रम आयोजना गर्न असम्भव भएकोले यस वर्ष संयुक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

सम्पूर्ण विद्यार्थीका अभिभावकहरूसमेत उपस्थित उक्त संयुक्त कार्यक्रममा तीनवटै ब्याचमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने सात जना छात्रछात्राहरूलाई ‘प्रसिद्ध कँडेल स्मृति एसईई सर्वोत्कृट विद्यार्थी पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कारस्वरूप प्रत्येक वर्ष सर्वोकृष्ट एक विद्यार्थीलाई २० हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गर्ने गरिन्छ । सर्वोत्कृष्ट एकजनाभन्दा बढी भएमा सोही रकम बराबरी हिसाबले प्रदान गर्ने गरिन्छ । सो पुरस्कारका लागि प्रसिद्ध कँडेलका मातापिता ९सीता, चेतनाथ० बाट उहाँको स्मृतिमा २०७४ सालमा दुई लाख रुपियाँको एक अक्षयकोष स्थापना गरिएको थियो र सोही रकमको ब्याजबाट हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ । २०७५ सालदेखि प्रदान गरिँदै आएको सो पुरस्कारबाट हालसम्म एआईएका १० जना एसईई सर्वोत्कृष्ट विद्यार्थीहरू सम्मानित भइसकेका छन् ।

साथै, उनीहरूलाई एआईएका तर्फबाट पनि विशेष पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई वर्षेनि १० हजार नगदराशी प्रदान गर्ने गर्दछ । सर्वोत्कष्ट स्थानमा एकजनाभन्दा बढी विद्यार्थी भएमा सोही रकम बराबर हिसाबले प्रदान गर्ने पद्धति छ । यस वर्ष पुस्कार पाउने सात जनामा २०७६ का तीन जना ९भावना अर्याल, अनुराग देव, शर्मिला साउद०, २०७७ का ४ जना ९अभिषेक गौतम, रितेश बेलबासे, होमराज भण्डारी, सन्देश बस्याल० र २०७८ मा एकजना ९अमृता न्यौपाने० थिए । स्मरणीय छ, २०७४ मा ईशा भण्डारी तथा रेशिका रोका र २०७५ मा दिलाशा सिंह ठकुरीले उत्कष्ट पुरस्कारहरू प्राप्त गरेका थिए ।

सम्मानकै क्रममा यस वर्षको एसईईमा नेपाली विषयमा ४ जीपीए प्राप्त गर्ने दुई जना विद्यार्थीहरूलाई प्राचार्य तथा नेपाली विषयका शिक्षक विमल घिमिरेले विशेष पुरस्कारका साथ सम्मान गर्नुभएको थियो ।

हाल अध्ययन गरिरहेका कक्षा १० का विद्यार्थी भाइबहिनीहरूबाट विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको उक्त सम्मान तथा विदाइ–भोज कार्यक्रममा विद्यालयका प्राचार्य विमल घिमिरे, सञ्चालक तथा एमडी विष्णुप्रसाद अर्याल तथा उपप्राचार्य खगेश्वर गिरीले विद्यालयको प्रगति विवरणका साथ सम्पूर्ण सफल विद्यार्थी तथा अभिभावकहरूलाई बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो भने विद्यालयका सञ्चालकहरू चेतनाथ कणेल, कृष्णप्रसाद गैरे तथा शैलेन्द्रकुमार झा पनि पुरस्कार प्रदान कार्यक्रममा सरिक हुनुभएको थियो । साथै आमन्त्रित अतिथिहरूको प्रतिनिधित्व गर्दै प्राध्यापक होमनाथ पौडेल, नेपाल सरकारका उपसचिव नारायण ज्ञवाली तथा व्यवस्थापनविद् दीपक तिवारीले पनि प्रमुख अतिथि तथा सञ्चालकहरूका साथ पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रम सम्पन्न गर्नमा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न वर्षमा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरूमध्ये अनुराग देव, रितेश बेलबासे तथा अमृता न्यौपानेले समेत आ–आफ्ना अंग्रेजी मन्तव्य बडो गहकिलो पाराले प्रकट गर्दै खुशी साटेका थिए । साथै हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका तर्फबाट छात्रा आश्रिया बस्नेतले आफ्ना अग्रज दाजु–दिदीहरूलाई हार्दिक स्वागत, बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

एआईए २०६३ साल वैशाखमा स्थापना भएको विद्यालय हो र यसले सधैँ अब्बल नतिजाका साथ हालसम्म १३ वटा एसएलसी/एसईई ब्याच उतारिसकेको छ । हाल विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले निकट भविष्यमा नै कक्षा ११ र १२ समेत अध्यापन आरम्भ गर्ने योजना बनाएको छ ।

Previous Post Next Post