‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुल्ला

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आईरहेको छात्रबृत्ति ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुल्ला गरेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३० वर्षदेखि कार्य गर्दै आईरहेको क्यान महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रबृतत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुल्ला गरेको हो ।

राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्दै आएको क्यान महासंघले जनाएकाृ छ । यो छात्रबृत्ति काठमाडौंको मैतीदेवीमा रहि विगत दुइ दशकभन्दा बढि समय देखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज ९ लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रबृत्ति मार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रबृत्ति प्रदान गर्न लागिएको हो । 

‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृत्ति र बाँकी ४२ जनालाई आँशिक छात्रबृत्ति प्रदान गरिने जनाइएको छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रबृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तरगत  प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९५ लाख ५८ हजार रुपियाँबराबरको छात्रबृत्ति पाउनेछन् ।

छात्रबृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तरगत वि. एस. सी. आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन। छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रबृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।

छात्रबृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट धधध।अबल।यचन।लउ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट धधध।दिभा।यचन मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको छ ।

छात्रबृत्तिमार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा र व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

यो छात्रबृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देशभित्र रहेको डिजिटल९डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक९निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले बताउनुभयो ।

Previous Post Next Post