तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमी उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत

काठमाडौं । काठमाडौँ जिल्ला प्याब्सनद्वारा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ ।

काठमाडौँ जिल्लाका ६०० विद्यालयमध्ये छनोट भई आएका ६० विद्यालयको प्रतियोगितामा उत्कृष्ट चारमा विद्यालय परेको हो । ६० विद्यालयको प्रतियोगितामा उत्कृष्ट चारमा पर्नु विद्यालय परिवारका लागि गर्वको विषय भएको भन्दै विद्यालयका निर्देशक कृष्ण प्रसाद गैरेले भन्नुभयो - "प्याब्सन तीजनृत्य प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा हाम्रो विद्यालय मात्र त्यस्तो विद्यालय हो, जसले दुईपटक प्रथम र लगभग हरेक वर्ष कुनै न कुनै पुरस्कार प्राप्त गर्ने गरी छनोटमा परेको छ ्र अहोरात्र खटेर विद्यार्थीलाई यो हैसियतमा पुर्याउने  नृत्य शिक्षक अनिश लामा, मिहिनेती विद्यार्थी र सहयोगी अभिभावक वर्ग धन्यवादका पात्र हुनुहुन्छ ।"






Previous Post Next Post