विद्यार्थीहसँग निर्जीवन बीमा सम्बन्धि जनचेतना कार्यक्रम आयोजना

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यार्थीहसँग निर्जीवन बीमा सम्बन्धि जनचेतना कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले त्रिभुवन विश्वविद्यालय अन्तरगत शंकरदेव क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय स्नातक तहका विद्यार्थीहरुलाई निर्जीवन बीमा सम्बन्धि जनचेतना कार्यक्रम क्याम्पसको प्राङ्गणमा आयोजना गरेको हो ।

जनचेतना कार्यक्रममा कम्पनीबाट उपलब्ध गराइने बीमा जस्तै मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, औषधी उपचार बीमा, पशुधन/बाली बीमाको बिषयमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बी.बी.एस. प्रोग्रामका डाइरेक्टर रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सहायक प्रबन्धक शसीधर शर्मालगायतको उपस्थिति रहेको थियो । साथै, जनचेतना कार्यक्रम पश्चात सहभागीहरुले बीमाको महत्व तथा आवश्यकता रहेको भनि सकारात्मक प्रतिक्रिया समेत जनाएका थिए ।

Previous Post Next Post