वागीश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षा २०७८ मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरका शैक्षिक संस्थाहरू अरु भन्दा धेरै सस्तो र गुणस्तरीय भएकोले देशका ७७ वटै जिल्लाका विद्यार्थीहरूले आफ्नो शैक्षिक गन्तव्यका रूपमा छनौट गरिरहेको वर्तमान समयमा उच्च शिक्षाका लागि विद्यार्थीहरू भक्तपुरबाहिर जान आवश्यक नभएको बताउनुभयो ।

 “भक्तपुरबाट तयार हुने विद्यार्थी इमानदार, मेहनती र उत्कृष्ट हुन्छ भन्ने सकारात्मक प्रभाव आम जनमानसमा छ ।” उहाँले थप्नुभयो “विद्यार्थीहरूले जीवनलाई रचनात्मक तरीकाबाट अगाडि बढाउन सुझाव दिँदै उहाँले लागूपदार्थ, साइबर क्राइम, कुलत, दुव्र्यसन, सामाजिक अपराधलगायतबाट सजग रहनुपर्छ ।”

राम्रो मार्गनिर्देशन, सुझाव र सल्लाह दिने शिक्षक अभिभावकसँग रहेर मात्र विषय छनोट गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीको व्यक्तित्व बनाउन शिक्षकले चिन्ता लिएजस्तै उहाँले विद्यार्थीले पनि विद्यालयको विषयमा र आफ्नो जीवनको विषयमा चिन्ता लिनुपर्ने बताउनुभयो ।

विद्यालयका प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले एसईईमा जस्तै कक्षा ११ र १२ मा पनि उत्कृष्ट नतिजा ल्याउन शुभकामना व्यक्त गर्दै कक्षा ११ भर्नाको लागि लिइने पहिलो चरणको प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई पनि विद्यालयले सहुलियत पाउने जानकारी दिनुभयो ।

विद्यालयको तर्फबाट विद्यार्थीहरूलाई वार्षिक एक करोडभन्दा बढी छात्रवृत्ति वितरण गर्दै आइरहेको उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीहरूले आफूले पढेको विषयमा विशेषज्ञता हासिल गरी समाज र देशको प्रगतिमा सहयोग गर्न शुभकामना दिनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूले कक्षा ११ र १२ मा अध्ययनमा राम्रो ध्यान नदि“दा स्नातक तहमा अध्ययन गर्न समस्यामा परेको बताउ“दै विषयबारे राम्रो ज्ञान प्राप्त गरेर मात्र संकाय छनौट गर्न सुझाव दिनुभयो ।

टेक्स इन्चार्ज दिने प्रधानले विद्यालयमा सञ्चालित १८ महिने सब ओभरसियर तथा ३ वर्षे सिभिल इञ्जिनियरिङ कार्यक्रमबारे मार्गनिर्देश गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रअ उकेश सुवाल, व्यवस्थापन इन्चार्ज ग्याहेन्द्रप्रसाद दाहाल, मावि इन्चार्ज विश्वेश्वर मानन्धर, अभिभावक प्रतिनिधिद्वय सुरज दिदिया र राजकुमार गिरीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिन्ह र प्रअ धन्छाले मिठाई वितरण गर्नुभएको थियो ।

Previous Post Next Post