समता एडुकेसन ट्रस्ट र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

काठमाडौं । जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत समता एडुकेसन ट्रस्ट र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सङ्घले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोईरालालाई ४० लाख रुपियाँ र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्षल निर्मल काजी श्रेष्ठगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समेतको उपस्थितीमा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भयो ।

समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजार भन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहँुच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ ।

त्यसैगरी, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल र नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्न लागेको छ ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताउनुभयो ।

बीमा समितीका अध्यक्ष सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको र संस्थागत समजिक उत्तरदायित्व अन्तरगत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्ने बताउनुभयो ।

Previous Post Next Post