बालबालिकामा शिक्षाको महत्व दर्शाउने जनचेतनामूलक भिडियो “आशा”

काठमाडौं । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको विषयवस्तुलाई उजागर गर्दै प्रभु क्यापिटल लिमिटेडले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित उक्त भिडियो सार्वजनिक गरेको हो ।

शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ बाल दिवसको अवसर पारेर “प्रभु लिटल च्याम्प्स पीएमएस” योजना शुरुवात गरेको हो र यसै विषयलाई लिएर प्रभु क्यापिटलले “आशा” नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको हो ।

यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रबृतिमा अध्ययन गरिरहेका छन् र कम्पनीले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ ।

भिडियोमा व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको कम्पनीले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने जनाएको छ ।

यो लिटिल च्याम्प्स पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि शुरु गरेको हो जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएस वापत एक जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।

प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभर रहेका शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नुहुनेछ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

Previous Post Next Post