सफ्ट्वेयरको क्षेत्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण विषय दक्ष मानवस्रोत हो र जुन हामीसँग छ

–नारायण न्यौपाने

आर्थिक विकाशको मुद्दा अहिले सबैको एक स्वर भएको छ । यो आफैमा सकारात्मक कुरा हो र यस बीचमा देशको समृद्धिको लागि ठूला ठूला योजना समेत छलफलमा आइ रहेका छन् । सबैले अनुभूत गर्ने खालका आर्थिक समृद्धि बाहेक अहिले देशको लागि अर्को विकल्प देखिन्न । यसका लागि सबै तह तप्काका मानिसहरुको सल्लाह सुझाव तथा सरकारका तर्फबाट त्यसको सहि कार्यान्वयनले मात्र यो सम्भव छ । यसै सन्दर्भमा देशको आर्थिक विकाशको लागि अब आन्तरिक स्रोतले मात्र नभ्याउने हुँदा निर्यात प्रबद्र्घन कसरी गर्न सकिन्छ भन्ने विषय समेत महत्वपूर्ण तथा गहन छ । यस पृष्ठभूमिको आधार र सूचना प्रविधिको क्षेत्रमा काम गर्ने भएकाले नेपाल सूचना प्रविधिको वैकल्पिक गन्तव्यको रुपमा स्थापित गर्न सके आर्थिक समृद्धिको एउटा बाटो देशले लिन सक्छ भन्ने मेरो सोच छ ।

हाम्रो क्षमता, हालको विश्व परिस्थिती, साधनस्रोत तथा बजार सबै विषयलाइ हेर्दा सूचना प्रविधिको एउटा पाटो सफ्टवेयर तथा सूचना प्रविधिमा आधारित सेवाको क्षेत्रमा तत्काल काम थाल्न सकिन्छ । यसका लागि सबै संघसंस्था, सरकारी निकाय तथा सरोकारवालाहरुले एउटै एजेण्डाको रुपमा काम गर्ने हो भने नेपाललाई सूचना प्रविधिको वैकल्पिक गन्तव्यको रुपमा स्थापित गर्न सकिन्छ । सूचना प्रविधिको गन्तव्यको रुपमा स्थापित छिमेकी देशहरुबाट पनि हामी केही सिक्न सक्छौं । पछिल्ला वर्षहरुमा ग्लोबल सोर्सिङ बजार उकालो लागेको लाग्यै छ । सूचना प्रविधिमा आधारित सेवा तथा सफ्टवेयरको बजार (हार्डवेयर बाहेक) सन् २०१६ को तुलनामा २०१७ मा यूस डलर १.२ ट्रिलियन डलर नाघेको छ यो तथ्याङ्क २०१६ को तुलनामा १.७ प्रतिशतले बृद्धि हो, २०१६ मा सो तथ्याङ्क १७८ विलियन डलर थियो । यी सबै तथ्याङ्कमा भारतको मात्र ५५ प्रतिशत हिस्सा छ । सूचना प्रविधिमा आधारित सेवा तथा सफ्टवेयरको बजार प्रबद्र्घन तथा सेवाका लागि विश्वभर लगभग दुई सय वटा शहरमा एक हजारभन्दा बढी कम्पनीहरु खुलिसकेका छन् । यसबाट पाठ सिक्दै हाम्रो क्षमतालाई पहिचान गर्ने हो भने हाम्रो गन्तव्य धेरै टाढा छ जस्तो लाग्दैन ।

सफ्ट्वेयरको क्षेत्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण विषय दक्ष मानवस्रोत हो र जुन हामीसँग छ । सूचना प्रविधिका विभिन्न संकायमा मात्र हरेक वर्ष विभिन्न विश्वविद्यालयहरुबाट वर्षेनि उत्पादित जनशक्ति, नेपालमा विगत १५ वर्षदेखि उत्पादित दक्ष मानवस्रोत, यस क्षेत्रमा लाग्न चाहने तालिम प्राप्त जनशक्तिले यसको मागलाइ सम्बोधन गर्न सकिन्छ । दोस्रो साधनस्रोत, यस विषयमा हाल देशमा भएको इन्टरनेटको विकाश, भारत तथा चीनसँगको कनेक्टिभिटी, हार्डवेयर तथा उपकरणको लागि चीनसँगको हाम्रो सीमाबाट हामीले सकारात्मक फाइदा लिन सक्छौं । देशमा चलिरहेको लोडसेडिङ मुक्त शहर तथा स्मार्ट सिटीको लहरले पनि सूचना प्रविधिको वैकल्पिक गन्तव्यको विषयले सहजता पाउँछ । यसकै आधारमा बनेपामा भइरहेको आई टी पार्कको सदुपयोग अन्य केहि ठाउँहरुलाई पनि साधन स्रोतको पहिचान गरि आई टी हबको रुपमा सञ्चालन गर्न सकिन्छ । तेस्रो तथा महत्वपूर्ण विषय हो भाषा, नीति, नियम, कानुन, बजार, प्रबद्र्घन, मूल्य, माग आदि आदि । यस विषयहरुमा पनि केहि आफ्नो विचारहरु राख्ने प्रयत्न गर्दै छु ।

कल सेन्टरहरु, सफ्टवेयर डेभलपमेण्ट गृहहरु तथा सूचना प्रविधिमा आधारित अन्य सेवाका लागि विश्व बजारमा चाहिने अंग्रेजी भाषाको ज्ञान हामीसँग छ । अन्तराष्ट्रिय भाषाप्रतिको हाम्रो लगाव तथा यसमा आधारीत शिक्षाले पनि भाषाको विषयलाई सम्बोधन गरेको छ । नीति, नियम, कानुनहरुमा सरकारी स्तरबाट विज्ञ समुह गठन गरी भइरहेका कानुनको परिमार्जन तथा नयाँ नीति, नियमहरुको निर्माणले सूचना प्रविधिमा लगानीको वातावरण समेतको सिर्जना गर्नुपर्ने हुन्छ । तथापी लगानीको हिसाबले अन्य क्षेत्रको तुलनामा सफ्टवेयरको क्षेत्रमा न्यून लगानीले काम गर्ने वातावरण हुन्छ । तर पनि बाहिरको लगानीको लागि निश्चित मापदण्ड तथा लगानी नीतिमा भएका असहजताको पहिचान तथा त्यसमा सहजीकरणको आवश्यकता छ । बजारको लागि हामीसँग मुख्यतः दुइवटा बजार छन् । एउटा आन्तरिक र अर्को बाह्य । आन्तरिक बजारको लागि चाहिने कस्टम सफ्टवेयर तथा सेवाहरु आन्तरिक कम्पनीद्घारा निर्मित सफ्टवेयरको प्रयोगलाइ महत्व दिने गर्नुपर्छ । जसले गर्दा स्वदेशमा उत्पादित सफ्टवेयर प्रति सकारात्मक भावना आउँछ र यसको लागि आन्तरीक रुपमा नेपाली सफ्टवेयरप्रति विश्वास गर्ने वातावरणको निर्माण गर्नुपर्ने हुन्छ । नेपालः सूचना प्रविधिको वैकल्पिक गन्तव्यको रुपमा स्थापित गर्नको लागि बाह्य बजार विस्तार तथा पहुँच पु¥याउनु नै यसको प्रमुख उद्देश्य हो । बाह्य बजारको लागि हाल अन्य गन्तव्य देशहरु जस्तै भारत, फिलिपिन्स, दक्षिण कोरियाको १५ प्रतिशत मात्र बजारमा पहुँचले शुरुवात गरेमा मात्र पनि राम्रो सफलता पाउन सकिन्छ । देशको पहिचान विस्तारै श्रम बजारलाइ चाहिने मावन साधन मात्र होइन, नयाँ विश्वलाइ चाहिने ज्ञानमा आधारित मावनस्रोत पनि हामीसँग छ भन्ने कुरा विश्व बजारलाई चिनाउँदै जान समेत जरुरी छ । अहिले विभिन्न देशमा सूचना प्रविधिका क्षेत्रमा काम गर्ने नेपाली विज्ञहरुलाइ आ–आफ्नै ठाउँबाट सहयोगको अपिल गरेमा देशको ब्राण्डिङ र बजार विस्तारमा ठूलो सहयोग हुने देख्छु ।

वैकल्पिक गन्तव्यको लागि डलरसँग भएको विनिमय दरबाट हामीले ठूलो फाइदा पाउछौं । बाहिरको कुनै कम्पनीले हामीसँग काम गर्दा उनीहरुलाइ निकै सस्तो हुने गर्दछ तर हामीलाई रकमका हिसाबले हाल देशमा चलिरहेको तलब स्केललाइ आधार मान्दा समेत दोब्बर भन्दा बढी बन्न सक्छ । हामीले मात्र गुणस्तरमा ध्यान पु¥याउनुपर्ने हुन्छ । यो मूल्य र माग निर्धारणका आधारमा हामीले बाहिरका देशहरुलाई चिनाउन सकिन्छ । साथै ग्लोबल बजारका लागि काम गर्नुपर्ने भएकाले २४ सै घण्टा काम सञ्चालन गर्ने वातावण मात्र होइन, यसले गर्दा यससँग सम्बन्धित अन्य व्यवसायहरुले समेत राम्रो लाभ पाउछन् ।

यसरी एउटा लक्ष्य राखेर कामको शुरुवात गर्ने, राष्ट्रिय स्तरमा रहेका स्वदेशी आउटसोर्सिङ कम्पनीहरुलाइ पहिचान तथा प्रबद्र्घन गर्ने कार्यको तत्काल शुरु गर्नुपर्दछ । कम्पनीहरुले पनि एकल प्रयास मात्र होइन कि सामुहिक पहलहरु शुरु गर्ने, सरकारको सहयोगीको रुपमा काम गर्ने कामहरु श्ुारु गर्नुपर्दछ । सरकारले एउटा विभागले मात्र सबै काम गर्न सक्छ भनेर होइन कि राष्ट्रिय कार्यक्रम तथा संकल्पको रुपमा सूचना प्रविधिलाई प्राथमिकताको क्षेत्रमा राख्नु पर्दछ । यसरी नेपालः सूचना प्रविधिको वैकल्पिक गन्तव्य गन्तव्यको रुपमा स्थापित गर्न सकिन्छ ।

(लेखक आइटी विज्ञ हुन् ।)

Previous Post Next Post