डी.ए.भी. विद्यालय परिवारको बृहत अन्नदानमा सहभागीता

ललितपुर । हरेक दुई वर्षमा आयोजना हुने सुपर बावल फुड डोनेसनमा सम्पूृर्ण विद्यार्थी, शिक्षक र कर्मचारीको विगत वर्षहरुमा जस्तै उल्लेखनीय सहभागीता देखिएको छ ।

डी.ए.भी. विद्यालयमा यहि कात्तिक २८, २९ र ३० गते सुपर बावल फुड डोनेशन आयोजना गरिएको हो ।

विगतका वर्षहरुमा जस्तै मदर टेरेसा सोेसल सर्भिस कल्बले विद्यार्थीहरुमा मानवियताको भावना जागृत होस र समाजमा रहेका विभिन्न असहाय र अपाङ्ग व्यक्तिहरु समेत खुशी, स्वस्थ र सुरक्षित बनाउने मानविय जिम्मेवारी सबैले लिनुपर्ने मान्यता राख्दै आएको छ ।

यस वर्ष अर्थात शैक्षिक शत्र २०२२/२३ को लागि विद्यालयको नारा ‘प्रत्येक बालबालिका खुशी, स्वस्थ र सुरक्षित रहने नैसर्गिक अधिकार’ रहेको छ ।

अन्नदानमा सहभागीहरुले विभिन्न प्रकारका खाद्यान्नहरु जस्तै चिउरा, दाल, गेडागुडी, पिठो, मैदा, सुजी, तेल, चिनि, बिस्कुट, कुकिज, चाउचाउ, भुजिया, दालमोठ, चियापत्ति, मसला र सुकाइएका फलफुलहरु दान गरेका थिए ।

फुड डोनेसनमा संकलित खाद्यान्नहरुलाई सोहि दिन बेलुका, मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर र मेरी वार्ड स्कुल लुभु ललितपुरलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी दोस्रो दिनमा संकलित सम्पूृर्ण खाद्यान्न होर्‍याक नेपाल किर्तिपुर काठमाडौं, मञ्जुश्री वृद्धाश्रम, डोलाहीटि ललितपुर र आश्रय नेपाल बागडोल, ललितपुर नेपालका सञ्चालकहरुलाई हस्तान्तरण गरिएको थियो ।

सोहि अनुरुप तेस्रो दिन संकलित खाद्य सामाग्रीहरु मुदीता सेवागृह महालक्ष्मिस्थान ललितपुर, दी अर्फन होम्स् टिखीदेवल ललितपुर र आमाघर रवीभवन काठमाडौंलाई हस्तान्तरण गरिएको थियो ।

यसैबीच, आश्रयस्थलमा जीबनयापन गर्दै आउनुभएका आमाहरु लगायत सञ्चालकहरु समेत विद्यालयमा सहभागि भई विद्यालय परिवार प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

यसका अलवा मदर टेरेसा सोसल सर्भिस क्लबले विभिन्न समयमा लेबर डोनेसन, शैक्षिक सामग्री र चिसोको मौसममा लत्ताकपडा संकलन गरि असाह्य र सीमान्तकृत समुदायलाई हस्तान्तरण गर्र्दै आएको छ ।

Previous Post Next Post