महोत्तरीमा होमियोप्याथीक स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । महोत्तरीको रामगोपालपुरमा शनिबार एक दिने नि:शुल्क होमियोप्याथीक स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

मुलुकको एकमात्र केन्द्रिय होमियोप्याथीक चिकित्सालय पशुपती होमियोप्याथीक चिकित्सालय, पुल्चोकको आयोजना र रामगोपालपुर नगरपालिकाको स्थानीय समन्वयमा महोत्तरीको रामगोपालपुरमा स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा अस्पतालबाट चार जना चिकित्सक र कर्मचारीहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरमा ४३० बिरामीलाई नि:शुल्क परामर्श, औषधी र उपचार उपलब्ध गराइएको चिकित्सालयका प्रमुख डा. प्रेमनारायण श्रीवास्तवले जानकारी दिनुभयो ।





Previous Post Next Post