मालिका मा.वि पूर्वविद्यार्थी समाज गुल्मी–काठमाडौंको अध्यक्षमा खगेश्वर गिरी निर्वाचित

काठमाडौं । मालिका मा.वि पूर्वविद्यार्थी समाज गुल्मी–काठमाडौंको अध्यक्षमा खगेश्वर गिरी निर्वाचित हुनुभएको छ ।

काठमाडौंको बानेश्वर शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीका उप–प्रधानाचार्य गिरी संस्थाको स्थापना कालदेखिनै कार्यसमितिमा रहे संस्थाको उन्नति र प्रगतिमा काम गरिसक्नुभएको छ ।

नवनिर्वाचित १४ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशः ढालबहादुर जि.सी, सन्तोष लम्साल र  शारदा अर्याल निर्वाचित हुनुभएको छ । महासचिवमा ताराप्रसाद अर्याल, सचिवमा शेखर अर्याल र कोषाध्यक्षमा कल्पना अर्याल रहनुभएको छ ।

यसैगरी संस्थाको सदस्यहरूमा रचना थापा, विन्दु अर्याल, भिम पौड्याल, पदम अर्याल, कविता पौड्याल, नविन पंथी, गिरु विश्वकर्मा निर्वाचित हुनुभएको छ । समाजको विधान अनुसार बाँकी तीन जना सदस्यहरू नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ ।




Previous Post Next Post