बाल–नियात्रा : गण्डकी प्रदेशमा चार दिन


डिपलभ अधिकारी

नेपालको सुन्दरताको बयान शब्दले गर्न कठिन छ । संसारकै एक सुन्दर राष्ट्र हो नेपाल । मलाई नेपालका विभिन्न ठाउँमा भ्रमण गर्ने, ती ठाउँहरूको नजिकैबाट अवलोकन गर्ने निकै ठूलो रहर थियो । नहोस् पनि किन ? स्वर्गभन्दा कहाँ कम छ र नेपाल ? नेपालको पनि विशेषगरी गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूका बारेमा सानैदेखि मैले धेरै चाखलाग्दा कुराहरू सुन्दै आएको छु, पढ्दै आएको छु । सुनेकै र पढेकै आधारमा त्यहाँको सुन्दरताप्रति म मोहित भइसकेको थिएँ र त्यो सुन्दरताको रसपान गर्न म निकै आतुर पनि थिएँ । अहा ! कति रमणीय ठाउँहरू होलान् ? मलाई त्यहीँ पुगेर ती ठाउँहरू निकटबाट हेर्ने कौतुहलता थियो । आखिर मेरो चाहना पूरा हुने भएछ ! मेरो विद्यालयबाट शैक्षिक भ्रमणको खबर जब पाएँ, मेरो खुसीको सीमा रहेन ।

विद्यालयबाट भ्रमणको सूचना पाइसकेपछि मेरो मन अझै तरङ्गित हुन पुग्यो । अहो ! यो अवसर त मैले गुमाउनु हुँदैन । फेरि मनमा एक्कासि चिसो पस्यो, कतै मेरा अभिभावकले पठाउनु पो हुन्न कि ? एकदुई दिन यस्तै अन्यौलताका बीच सोचमग्न मात्र भइरहेँ । तर जब अभिभावकबाट मेरो भ्रमणका लागि झन् उत्प्रेरणा प्राप्त भयो, म निकै हर्षविभोर भएँ । अब त भ्रमणका आगामी दृश्यहरू मात्र मेरो मानसपटलमा नाच्न थाले । विद्यालयमा शिक्षकहरूबाट पनि भ्रमणका बारेमा निकै रोचक कुराहरू सुनियो । गण्डकी प्रदेशका रमणीय हिमश्रृंखला, तालतलैया, गुफा, मन्दिर र अन्य धेरै कलात्मक, पुरातात्विक सम्पदाहरूका बारेमा शिक्षकहरूले हामीलाई सुनाउनुभयो । म उसै त पहाडको काखमा जन्मेको, त्यस्तो सुन्दर ठाउँको भ्रमण गर्न किन चुक्थेँ हुँला र ? अब त भ्रमणको दिन पो कहिले आउला भनेर म व्यग्र प्रतिक्षारत थिएँ ।

२०७९ पुस २७ गते, अर्थात् भोलि हाम्रो ४ दिने भ्रमणको पहिलो दिन । म अघिल्लो रात राम्ररी निदाउनै सकिनँ । बिहान कतै ढिलो पो उठिएला कि ! हजुरआमाले मलाई छिटो निदाउन भनिरहनुभयो, तर अहँ मलाई त निद्रै लागेन । बिहान हुँदै थियो । राजधानीका मान्छेहरू अझै मस्त निद्रामा थिए होलान्, तर म भने सबेरै आफ्नो तयारीमा जुटेँ । अघिल्लो साँझै झोला ठिक पारिसकेको थिएँ, त्यही झोला बोकेर म हिडेँ । बिहान ६ बजे स्कुल पुग्दा मेरा अरु केही साथीहरू पनि पुगिसकेका रहेछन् । केही बेरमा सबै जम्मा भयौं, स्कुलकै क्यान्टिनमा नास्ता खायौं र ८ बजे नैं हामी बसको यात्रामा जुट्यौं ।

कलंकी, नागढुंगा हुँदै हामी अगाडि बढ्यौं । उपत्यकाको डाँडो पार गर्दै गर्दा मलाई मेरो जन्मस्थान सुदूरपश्चिमको याद आयो । म त्यही बाटो भएर धेरैपटक ओहोरदोहोर गरेको थिएँ । नभन्दै, मलेखु बजार आयो । त्यहाँ मिठो खाना खाइसकेपछि हाम्रो यात्रा कुरिनटार, मुग्लिङ हुँदै पोखरातर्फ मोडियो । पोखरा जाँदा बाटोमा तनहुँ जिल्ला पर्ने रहेछ । तनहुँको एक ठाउँमा बस रोकियो, हामी झ¥यौं । शिक्षकहरूले हामीलाई नजिकै रहेको एक शालिकछेउ पु¥याउनुभयो । देख्दैमा हामीले पहिचान ग¥यौं, आदिकवि भानुभक्त आचार्यको शालिक थियो त्यो । देख्नेबित्तिकै उनका कृतिहरूको याद आयो, हामीले श्रद्धापूर्वक शिर निहुरायौं । शिक्षकहरूले हामीलाई आदिकविज्यूको बारेमा केही प्रश्न पनि गर्नुभयो । त्यो ठाउँमा एउटा कुवा पनि रहेछ, ‘घाँसीकुवा’ । एक घाँसीले घाँस बेचेर आर्जन गरेको पैसाले त्यो कुवा निर्माण गरेका रहेछन् । एउटा गरिब घाँसीले पनि परोपकारी भावका साथ महान सोचबाट त्यो कुवा खनाएको देखेर आदिकविले समेत प्रेरणा लिएका रहेछन् । मलाई आदिकविको ‘घाँसी’ कविताको पंक्ति याद आयो ।

भर जन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन आज यस्तो ।।

ऐतिहासिक घाँसीकुवाको अवलोकनपछि हाम्रो यात्राले पुनः निरन्तरता पायो । बाटोमा धेरै ठाउँका नाम जान्यौं, रमाइला बस्ती र बजारहरू हेर्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो । हाम्रो साथमा जाने शिक्षकहरूले हामीलाई धेरै कुरा सिकाउँदै हुनुहुन्थ्यो । यात्रामा हामी करिब ६० जना थियौं । पृथ्वी राजमार्गको यात्रामा रहँदा पनि कति धेरै कुराहरूको अनुभव हुन पुग्यो ! मलाई शैक्षिक भ्रमण साँच्चिकै महत्वपूर्ण हुने रहेछ भन्ने लाग्यो । बसको झ्यालबाट देखिने दृश्यहरू, धेरै पर देखिने सेता हिमाल र डाँडापारि मुस्कुराइरहेको पोखराको स्मृति ! अहा, यस्तै सोच्दै हामी अगाडि बढ्दै थियौं । आजै बेगनास तालमा पुगेर डुंगा चढ्ने हाम्रो योजना थियो । केहीबेरमै हामी बेगनास ताल पुग्यौं । माथि हिमाल, काखैमा बेगनास ताल । हामीले फोटो खिच्यौं र समूहगत रुपमा डुंगा चढ्नका लागि तयार भयौं । हामी चढेको डुंगा खियाउने मान्छे साह्रै रमाइला रहेछन् । रमाइलोकै बीचमा उनले भने, ‘मैले त दुई हजार तिरेर सिकेको यो बोट चलाउन, तर तिमीहरू चाहिँ फ्रीमा सिक ।’ उनले हामीलाई डुंगा चलाउन सिकाए पनि । करिब एक घण्टा हामीले बेगनास तालमाथि रमाइलो गर्याैं । असाध्यै रमाइलो भयो, डुंगा चढाइ ।

बेगनास तालको रसास्वादनपछि साँझ हामी पोखराको होटेलतर्फ लाग्यौं । केहीबेरको आराम र खानपानपछि अँध्यारोमै हामी फेवातालको किनारामा पुग्यौं जसलाई ‘लेकसाइड’ भनिने रहेछ । अहा, हामीलाई त साँच्चिकै स्वर्गको अनुभूति भयो । झिलिमिली बत्ती, नाचगान, अत्यन्तै रमाइलो । ‘लेकसाइड’ त राति पो खुल्दोरहेछ कि जस्तै लाग्यो । केही बेर त्यहाँ रमाइलो गर्दै हामी पुनः होटल फर्कियौं र मिठो खाना खाएर सुत्यौं ।

सराङ्कोट पुगेर सूर्याेदयसँगै त्यहाँको मनोरम दृश्यावलोकन गर्ने सौभाग्य हामीलाई दोस्रो दिनको विहानै जु¥यो । हामी केबलकारको रमाइलो यात्रासँगै सराङ्कोट पुग्यौं । हामी सूर्याेदयको पर्खाइमा थियौं । केहीबेरमै पूर्वबाट लालीकिरण छर्दै सूर्यको आगमन भयो, हामीले हार्दिकतापूर्वक स्वागत ग¥यौं । चहकिला हिमाल, सुन्दर पहाड, मनोरम दृश्यहरूका बीच त्यो बिहानी प्रहरमा उदाएको सूर्यले हृदय गद्गद् भयो । सराङ्कोट आउनुको उद्देश्य पूरा भएजस्तै लाग्यो । त्यो रातो सूर्य त मेरी हजुरआमाले चामल केलाउने नाङ्लो झैं पो लाग्यो । हामीले फोटो खिच्यौं, नाच्दै गाउँदै फेरि केबलकारमै फर्कियौं । केबलकारबाट देखिने फेवाताल र पारिपट्टिको हरियाली दृश्यले हामी झनै प्रफुल्लित भयौं ।

बिहानको खानापछि हाम्रो यात्रा पुम्दीकोटतर्फ सोझियो । माथि डाँडामा रहेछ पुम्दीकोट, करिब आधा घण्टाको पैदल यात्रापछि हामी त्यहाँ पुग्यौं । भगवान शिवको विशाल मूर्ति रहेछ त्यहाँ । हामीले दर्शन ग¥यौं, फोटोहरू खिच्यौं । पुम्दीकोटबाट हेर्दा पोखराको सुन्दरता अझै उत्कृष्ट देखिने रहेछ । हामी फर्कियौं र लाग्यौं ‘डेभिस फल्स’ तर्फ । पर्यटकको रुपमा आएकी स्विजरल्याण्डकी ‘डेभी’ नाम गरेकी एक महिला त्यस ठाउँमा खसेर ज्यान गुमाएपछि त्यो ठाउँको नाम ‘डेभिस फल्स’ राखिएको रहेछ । सो ठाउँलाई नेपालीमा ‘पातले छाँगो’ भनिने रहेछ । खोँचमा ठूलो आवाजसहित पानी बग्ने ठाउँ रहेछ । गुप्तेश्वर महादेवको मन्दिरबाट झरेपछि आउने सुरुङमार्ग डेभिस फल्समा पुग्दो रहेछ । त्यहाँको दृश्य हेरेर हामी पुनः होटल फर्कियौं, खाना खायौं । खानापछि हाम्रो यात्रा नेपालकै अति रमणीय पर्यटकीय गाउँ घान्द्रुकतिर सोझियो ।

पोखराबाट घान्द्रुक पुग्न करिब चार घण्टा लाग्ने रहेछ । हामी हाम्रो बसमा ने पुग्यौँ घान्द्रुक । घान्द्रुक पुग्दा झण्डै रात परिसकेको थियो । हामी होटलमा पुग्यौं, खानापछि केहीबेर साथी–समूहमा केही ‘इन्डोर’ खेलहरू खेल्यौं र सुत्यौं । दिनभरको यात्राले होला सायद, त्यो दिन हामी चाँडै निदायौं र मस्त सुत्यौं ।

बिहानपख उठेर हेर्दा त सेतो हिमाल आँखैअगाडि भएको महसुुस भयो । अहा ! माछापुच्छ«े हिमाल ! ‘माछाको पुच्छर जस्तो’ कि ‘माछाको जस्तो पुच्छर’ भनेर हामी केहीबेर गफियौं । यस हिमालको बनावट माछाको पुच्छरजस्तो भएको हुनाले ‘माछापुच्छ«े’ भनिएको रहेछ । बिहान घामको झुल्को पर्दा त यो हिमाल झन् सुन्दर देखिने रहेछ । ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...’ मलाई यो गीतको याद आएको थियो त्यो बेला । घान्द्रुकले मलाई मेरो गाउँ अछामको याद दिलायो । ढुंगामाटोले बनेका सुन्दर घरहरू, पहाड, रुखबिरुवा आदि उस्तैउस्तै । त्यहाँ मेरा केही साथीहरूले गुरुङ पोशाक लगाएर फोटो पनि खिचे । हामी त्यहाँको गुरुङ संग्रहालयमा पनि पुग्यौं । संग्रहालयमा गुरुङ जातिले प्रयोग गर्ने विभिन्न परम्परागत तथा चलनचल्तीका सामग्रीहरू सजाएर राखिएका थिए । निकै रमाइलो लाग्यो ती कलात्मक कुराहरू देख्दा । केहीबेर त्यहाँ रहेर घान्द्रुकलाई बाइबाई भन्दै हामी फेरि बस चढ्यौं । अबको हाम्रो गन्तव्य थियो, बाग्लुङ्ग कालिका ।

घान्द्रुकबाट हामी कुश्मातर्फ लाग्यौं । त्यहाँ खाना खाइसकेपछि नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुलमा पुग्यौं । पुलमा चढ्यौं, अहा क्या मज्जा ! हामी पुलमा कुद्यौं, नाच्यौं, फोटो खिच्यौं, वरपरका सुन्दर दृश्यहरूको मजा लियौं । अब हामीले बाग्लुङ्ग कालिका मन्दिर पुग्नु थियो । केही समयपछि हामी त्यहाँ पुग्यौं । दुबैतिर घण्टी झुण्ड्याइएको बाटोमा हामी करिब दश मिनेट हिडेपछि बाग्लुङ्ग कालिका मन्दिर पुग्यौं । हामीले दर्शन ग¥यौं । मैले मन्दिर अगाडिको कलशमा एउटा परेवाको जोडी बसेको देखेँ । एउटा गीत याद आयो, ‘बाग्लुङ्ग बजारमा बाघको शालिक, जोडी परेवा ल्याउला कालिका...’ । मन्दिरमा पुग्दा मलाई मेरी हजुरआमाको याद आएको थियो । मैले हजुरआमाका लागि भनेर कालिकाको एक चिनो पनि किनेर फर्किएँ । कालिका मन्दिरमा केही अनौठो दृश्य देखियो । मन्दिरको सरसफाइका लागि बोल्न नसक्ने, सुन्न नसक्ने प्रकृतिका अपांगता भएका व्यक्तिहरूलाई राखिएको रहेछ । त्यो पनि राम्रो कुरा लाग्यो हामीलाई । कालिका दर्शनपछि सिधै फर्कियौं पोखरा ।

साँझ करिब पाँच बजे पोखरा आइपुगेपछि हामी चमेरे गुफा घुम्न गयौं । अहो, कस्तो अचम्मको गुफा ! एक छेउबाट पसेर अर्काे छेउबाट निस्कन पनि सकिने रहेछ । मेरा केही साथीहरू पसेर निस्के पनि, तर मलाई चाहिँ डर लाग्यो । गुफाभित्र निकै अँध्यारो थियो । गुफाको माथिपट्टि धेरै चमेराहरू उल्टो लप्केर बसेका थिए । सायद यही कारणले यस गुफालाई ‘चमेरे गुफा’ भनिएको होला जस्तै लाग्यो । केही बेर त्यहाँ रहेर हामी विन्दवासिनी मन्दिरतर्फ लाग्यौं । विन्दवासिनी मन्दिरको दर्शन गरेर हामी होटलमा फर्कियौं । अहा ! होटलमा फर्किएपछि त झनै मज्जा पो आयो । हाम्रो टिममा रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोगवश त्यसै दिन जन्मदिन परेको रहेछ ! हामीले आगो बालेर बार्बेक्यु खायौं । नाच्दै, गाउँदै हामीले हरि सरको जन्मदिन मनायौं । खानापछि सबै एकैठाउँ जम्मा भएर खेलहरू खेल्यौं र आआफ्नो कोठामा सुत्न गयौं । कोठामा पनि धेरै बेरसम्म रमाइला खेलहरू खेल्दै, गफ गर्दै अबेरसम्म हामी बस्यौं । रमाइलोमै त्यो रात बित्यो । साथीहरूका माझमा त्यो रमाइलोको मजा बेग्लै थियो ।

हाम्रो भ्रमणको चौथो अर्थात् अन्तिम दिन । बिहानै फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गरियो । डुँगामा चढेर मन्दिरमा दर्शन गर्न गएको मेरो पहिलो अनुभव थियो त्यो । तालबाराही मन्दिरको दर्शनपछि हामी फर्कियौं । खाना खाइसकेपछि हामी फेरि महेन्द्रगुफाको भ्रमणमा निस्कियौं । निकै गजब, अनौठो र कलात्मक लाग्यो त्यो गुफा । केही पुराना वस्तुहरू, मूर्तिहरूले गुफाको शोभा बढाएका थिए । गुफाभित्र गएर हामीले त्यहाँको सुन्दर दृश्यहरू हे¥यौं, पुजारीबाट टीका लाउँदै आशीर्वाद लिएपछि हामी फर्कियौं । त्यसपछि फेरि सेती नदी भास्सिएको ठाउँमा हामी पुग्यौं । केहीबेर त्यहाँ बसेर हामी माउन्टेन म्युजियमतर्पm लाग्यौं । त्यहाँ जान टिकट लाग्ने रहेछ । टिकट लिएर म्युजियमभित्र पसेपछि मलार्ई निकै रमाइलो अनुभूति भयो । विभिन्न किसिमका रुखबिरुवा, हरियाली भएको ठाउँ थियो त्यो । विभिन्न हिमालका बारेमा त्यहाँ जानकारी उपलब्ध थियो साथै हिमाल चढाइमा प्रयोग हुने उपकरणहरू पनि राखिएका थिए । हामीले कहिल्यै देख्न नपाएका कुराहरू त्यहाँ थिए । विभिन्न संस्कृति, भेषभूषा आदिका बारेमा त्यहाँ धेरै ज्ञानबद्र्धक कुराहरू थिए हाम्रा लागि । हामी सबैलाई माउन्टेन म्युजियमको भ्रमण निकै उपलब्धिमूलक लाग्यो । त्यहाँ केही बेर अध्ययन गरेर हामी हतार हतार गर्दै फर्कियौं । आखिर आजै काठमाडौं पुग्नु छ ।

हाम्रा गाडीहरू सोझिए काठमाडौंतिर ।  आँखाभरि उही रमाइलो बाटो, उही मनोरम दृश्य । मनभरि पोखरा, सराङकोट, घान्द्रुक, पर्वत र बाग्लुङ्गका रमणीय स्थानहरू । बसमा साथीहरूसँग गफिँदै, रमाइलो गर्दै मलेखु पुगियो । त्यहाँ त्रिशूलीको ताजा मिठो माछा खाएर काठमाडौंतर्फ गुड्यौं । नागढुंगा हुँदै बसले काठमाडौं प्रवेश गरायो । राती साढे आठ बजेतिर स्कुल पुगेर खाना खाई सबै आ–आफ्नो घरतिर लाग्यौं । हाम्रा अभिभावकहरू हामीलाई लिन व्यग्रता र उत्साहका साथ विद्यालय प्राङ्गणमा प्रतीक्षा गरिरहनुभएको थियो ।

अनुभवहरूको सँगालो रहेछ जीवन ! धेरै कुराहरू प्रत्यक्ष अनुभूतिबाट सिकिने रहेछन् । स्कुलका सहपाठी साथीहरूसँग रमाइलो गर्दै, शिक्षकहरूबाट मार्गदर्शन लिँदै यसपटक गण्डकी प्रदेशका विभिन्न रमणीय स्थानहरूको भ्रमणमा सहभागी हुन पाउनु मेरो लागि निकै खुसीको पल थियो । यो पल मेरो जीवनकै एक अविस्मरणीय पल बनेको छ । यस्तो महत्वपूर्ण संयोग जुटाइदिएकोमा म मेरो विद्यालयप्रति र मेरा अभिभावकहरूप्रति निकै आभारी छु । मैले सुनेको गण्डकीभन्दा महसुस गरेको गण्डकी निकै गुणा सुन्दर रहेछ ! अझै आशा लागेको छ, आगामी दिनमा यो सुन्दर देशका अरु प्रदेशहरूमा पनि जरुर पाइला टेकिने छ । मेरो देश प्राकृतिक सुन्दरताका लागि संसारकै उत्कृष्ट भएको कुरा साँच्चिकै महसुस भएको छ । यहाँका पूर्वाधारहरू अझै गुणस्तरीय बनाउन सकिने हो भने संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेछ मेरो देश । जय देश !

डिपलभ अधिकारी काठमाडौं शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) मा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

Previous Post Next Post