डिल्ल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२ औं वार्षिकोत्सव सम्पन्न / शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापार डरलाग्दोः पूर्वप्रधानन्यायाधीश कार्कीे

काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्र सेवा नभई व्यापार बन्दै जानु चिन्ताको विषय भएको सामाजिक अगुवाहरूले आरोप लगाएका छन् । उनीहरूले सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनु पर्नेमा सरकार आफै व्यापारी बन्दै गएको भन्दै यो अवस्था देशकै लागि दूर्भाग्यपूर्ण भएको समेत टिप्पणी गरेका छन् । 

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२ वार्षिकोत्सवका अवसरमा बोल्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले नै शिक्षा र स्वास्थ्यमा व्यापार गरिरहेको आरोप लगाउनु भयो । ‘अहिले शिक्षा,स्वास्थ्य हरेक कुरामा व्यापार छ । छात्रबृत्ति कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ । यो दूर्भाग्पूर्ण कुरा हो । तर सरकारमा बस्नेहरू नै व्यापारी भएपछि यो कुरा कसले सुन्ने रु’ उहाँले प्रश्न गर्नुृभयो । पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको भन्दै मध्यम वर्गिय छात्राहरूको  पठनपाठनमा कन्या क्यापसले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

पूर्वमन्त्री तथा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष होमनाथ दाहालले संविधानमा नै समाजवाद उन्मुख शिक्षा भनिए पनि शिक्षा, स्वास्थ्य सर्वसुलभ हुन नसक्नु राज्यको कमजोर भएको बताउनु भयो । उहाँले नेपालको शिक्षा नीति र प्रणालीले गर्दा उच्च शिक्षाको लागि कोही पनि नेपाल बस्ने अवस्थामा नरहेको उल्लेख गर्दै शिक्षामा व्यापक सुधारको खाँचो औल्याउनु भयो । यस्तै पूर्व मन्त्री बिक्रम बहादुर थापाले सार्वजनिक तहको शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै डिल्लबिजार कन्या बहुमुखी क्याम्पसले छात्राहरूको शिक्षाको लागि गरिरहेको प्रयास प्रशंसनीय रहको बताउनु भयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा। रद्र शर्माले भौतिक पूर्वाधार सहित यस क्याम्पसलाई यस क्षेत्रकै नमुना क्याम्पस बनाउन व्यवस्थापन समितिले सरोकारवाहरूसंग सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

२०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी,एमए समाजशास्त्र, तथा एमबीएसको अध्यन हुने गरेको र यहाँ अध्ययनरत त्रात्राहरले विभिन्न वर्र्षहरूमा त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक हासिल गरेको क्याम्पस प्रमुख अपराजिता अर्यालले जानकारी दिनुभयो । हाल यो क्याम्पसमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रमका अवसरमा विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक ल्याउने, क्याम्पसमा विभिन्न संकायमा सर्वोत्कृष्ट हुने छात्राहरूलाई छात्रवृत्ति,नगद र प्रमाणपत्र तथा सप्ताहव्यापी विभिन्न खेलकूद कार्यक्रममा वियजी छात्राहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने क्याम्पसले प्रकाशन गरेको पुष्पाञ्जली मुखपत्रको विमोचन समेत गरिएको थियो ।

Previous Post Next Post