अवेरनेस इन्टरनेसनल एकेडेमीमा मनाइयो “१५ औं अभिभावक दिवस २०७९”


काठमाडौं । काठमाडौंको बानेश्वर शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीमा आइतबार “१५ औं अभिभावक दिवस २०७९” मनाइएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहमा कक्षा चारदेखि १० कक्षासम्मका  विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमकासाथै जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले कार्यक्रममा विद्यार्थीहरुले देशको विविधता, अनेकता, मौलिकता, संस्कृति, इतिहासका वीरता झल्काउने प्रस्तुतिबाट आफु प्रभावित भएको बताउनुभयो ।

विद्यालयमा अभिभावकले आफना छोराछोरीलाई करले होइन रहरले पठाउने खालको शिक्षा प्रणाली हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो विद्यालय यस्तो थलो हो । जहाँबाट डाक्टर, इञ्जिनियरदेखि विभिन्न खालको सपना पुरा हुन्छ ।

विद्यालयका प्रिन्सिपल विमल घिमिरेले संस्कारसहितको शिक्षा भन्ने मूल नाराका साथ विद्यालयले विद्यार्थीहरुलाई अध्यापन गराइरहेको बताउनुभयो । उपत्याकाभित्र रहेका विद्यालयहरुको भिडमा विद्यालयलाई अब्बल बनाएर देखाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हरी ज्ञवाली, उप–प्रधानाचार्य खगेश्वर गिरी, विद्यालयका निर्देशकहरु कृष्ण प्रसाद गैरे, चेतनाथ कँडेल र शैलेन्द्रकुमार झा, कार्यकारी निर्देशक विष्णुप्रसाद अर्याललगायतले बोल्नुभएको थियो ।

समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई परस्कृत गरिएको थियो । विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी तथा शिक्षक र शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अभिभावकहरुलाई विद्याथीहरुले गीत, नृत्य र नाटकका माध्यमबाट भरपुर मनोरञ्जन दिएका थिए ।






Previous Post Next Post