‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ द्वारा सम्वत बस्नेत पुरस्कृत

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले स्थापना गरेको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ बाट सम्वत बस्नेतलाई प्रदान गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औं वार्षिक उत्सवको अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपियाँ प्रदान गरिएको थियो ।

कार्यक्रमा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्राध्यापक शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका बजार निर्देशक रवी प्रकाशले बस्नेतले सो  पुरस्कार प्रदान गर्नुभयो ।

अवार्डको नाम जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित हुनुहुन्छ ।

जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।

जगदम्बा स्टिल्स लिमिटेडले बस्नेतलाई उहाँको सफलताको लागि बधाई र उहाँको आगामी कार्यहरुको लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमता महसुस गर्ने अवसर प्रदान गरेकोमा थापाथली क्याम्पसलाई धन्यवाद ज्ञापन गरेको छ ।

Previous Post Next Post