एप्पल इन्टरनेशनल स्कुलको पन्ध्रौं अभिभावक दिवस सम्पन्न

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा अवस्थित एप्पल इन्टरनेशनल स्कुलको पन्ध्रौं अभिभावक दिवस सम्पन्न तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण रोकिएको दुई वर्षको अभिभावक दिवस एकसाथ मनाइएको थियो ।

अभिभावक दिवसका अवसरमा नसर्रीदेखि कक्षा १० सम्मका विद्यार्थीले नृत्य, लघुनाटक, गीत, संगीत, तेक्वान्डो डेमोस्ट्रेसनमार्फत् आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । साथै शिक्षक शिक्षिका समेतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

अभिभावक दिवसलाई सम्बोधन गर्दै विद्यालयका निर्देशक यमनाथ मैनालीले विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै व्यवाहरिक सीपलाई पनि जोड दिइएको बताउनुभयो ।

हिजोका दिनमा किताब र गुरुबाट दिइने शिक्षा अहिले गुगलले दिने गरेको भन्दै उहाँले भन्नुभयो “मोबाइलमा लत लाग्यो भनेर गुनासो गर्नुभन्दा त्यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । डिभाइसको सही सदुपयोग गर्नुपर्छ । बन्देज होइन ।”

विद्यालयका पब्लिक रिलेशन अफिसर तथा कायक्रमका सभापति नारायण कार्कीले विद्यालयका गतिविधिका बारेमा जानकारी दिनुभयो ।

सोही कार्यक्रममा सभापति कार्कीले विद्यालयका लागि एक थान कलर प्रिन्टर पनि हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रलाई योगदान गर्ने सोही क्षेत्रका तीन जना समाजसेवी सरिता पराजुली, मिरा थापा र मुकुन्दराज सत्याललाई सम्मान गरिएको थियो ।

Previous Post Next Post