सरस्वति सामुदायिक विद्यालय एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बागमतिले दोलखाको जिरीमा रहेको श्री सरस्वति सामुदायिक विद्यालय एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैकका उप–महाप्रबन्धक दिर्घ बहादुर अर्याल, प्रदेश कार्यालय बागमतिका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमख सुदिप भक्त आचार्यलगायतको उपस्थितमा सञ्चालित कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई वित्तीय विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी, अन्य सम्पूर्ण सहभागिहरुमा वित्तीय ज्ञान प्राप्त हुनुको साथै बैंकिङ कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमित प्रदेशका मुख्य निर्देशक श्री निर्मलप्रसाद उपाध्यायले प्रकाश पार्नु भएको थियो ।

Previous Post Next Post