कुटुम्ब ब्याण्ड र इन्टरनेशनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग प्रदान

काठमाडौँ – प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा न. ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका छन् ।

विद्यालयका ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरिएको हो । वडा अध्यक्ष  कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्याण्डको तर्फबाट तबालाबादक पवित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक  सिताराम लामालाई उक्त सामानहरु हस्तान्तरण गरिएको हो ।

कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तरगत यी सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्याण्डका पवित महर्जनले बताउनुभयो । त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले बताउनुभयो ।

सहयोग बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सिताराम लामाले भन्नुभयो, “विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि उहाँँहरुले जुन सहयोग प्रदान गर्नुभएको छ, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको छ । इन्टरनेशनल साउन्ड सर्भिस र कुटुम्बको सहयोग प्रति हामी आभारी छौँ ।”

Previous Post Next Post