नारी

निरा श्रेष्ठ

सखारै प्रभातमा पूजाको घण्टी बजाई चेतना जगाउछौ : देवी रूपी तिमी नारी

सम्पूर्णको खानपानको व्यवस्था गर्छौ : अन्नपूर्णा देवी तिमी नारी

घरेलु जिम्मेवारी पूरा गरी आफ्ना सिर्जनशीलतामा लाग्छौ : सरस्वतीको रूप तिमी नारी

दुःख बिरामीमा हेरचाह गर्छौ : विघ्न हरता  तिमी, रिद्धि सिद्धि  रूपी  नारी

आफ्ना सन्तानको पालन अनि पोषण गर्छौ : धर्ती माता देवी तिमी नारी

जेथा को सदुपयोग अनि संरक्षण गर्छौ : लक्ष्मी रूपी तिमी नारी

शब्दमा वर्णन गर्न नसकिने

अपरम्पार तिम्रो गाथा

अनेक रूप तापनि गर्छौ सबैलाई आत्मसात

यस्ती देवी नारीलाई नारी दिवसको अशेष शुभकामना

Previous Post Next Post