मण्डला नाटकघरमा फर्कदै जून

काठमाडौं । काठमाडौंको जमलस्थित नाचघरको प्रेक्षालयमा चैत्र १०, शुक्रबार गिती नाटक ’जून’ को मञ्जन भएको थियो । नमता केसीद्वारा निर्देशित नाटक ’जून’ ले नृत्यको माध्यमबाट एउटा बाबु र छोरीको संघर्ष र मायाको कथा प्रस्तुत गरेको थियो, थुप्रै दर्शक भाबुक हुदै नाचघरबाट निस्केको देखियो, यो देख्दा जून गिती नाटक साच्चै अदभुत रहेको प्रमाण भयो। दर्शकको भरपुर माग र मायाले जूनलाइ फेरी एक पटक ब्युताउने भएको छ, एक्लै आएका दर्शक परिवारको साथ आउने बाचा गर्दै नाचघरबाट बाटो लागिरहेका थिए । नाटक परिवार र मित्रजनसंग हर्न लायक रहेको छ । दर्शकहरुको लोकप्रियता र मागको कारणले, परिवार र मित्रहरुलाई पनि जूनको सन्देश महत्वपुर्ण हुने र मानिसहरूलाई यो प्रेरणादायी लाग्ने भएकोले, मण्डला थिएटरमा एस्थेस्टिक डान्स स्टुडियो र सिक्वेल फाउन्डेसनले फेरी पनि यसलाई निरन्तरता दिदै १० दिन (वैशाख १५ वैशाख २४) सम्म साँझ ५ः३० र सप्ताहन्तमाः २ः०० ५३० बजे चलाउने निर्णय गरेका छन् ।

संयोग गुरागाईद्वारा लिखित नाटकले इमान्दार भएर समस्यासँग जुध्न सके जस्तोसुकै समस्याको पनि समाधान हुने तर्क प्रस्तुत गरेको थियो। नाटकमा सलिन मगर र सरस्वती श्रेष्ठको संगीत रहेको थियो भने एस्थेस्टिक डान्स स्टुडियोका कलाकारको सामूहिक प्रस्तुति रहेको थियो। नाटकलाइ सिक्वेल फाउन्डेसनले नाचघरमा देखाउने व्यवस्थापन गरेको थियो ।

जून गिती नाटकमा १३ नारी र ४ पुरुष गरेर कुल १७ जना सम्मेलित थिए। यस पटक भने टिकटको रकम सप्ताहन्तमा रु ५०० र सामान्य दिन हरु मा रु ३०० तोकिएको छ। दर्शकले रु १००० को पनि  टिकट किन्न पाउने छन् ।

Previous Post Next Post