विद्यालयस्तरको पाठ्यक्रममा साइबर सुरक्षा सम्बन्धी विषयलाई समेटिने

काठमाडौं । अब साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश हुने भएको छ । 

सरकारले साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्ने तयारी थालेको छ । बालबालिकालाई विद्यालयबाटै साइबर सुरक्षा सम्बन्धि जानकारी प्रदान गर्न सरकारले पाठ्यक्रममै यस विषय समावेश गर्न खोजेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा साइबर सुरक्षा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्ने उल्लेख गरिएको छ ।

यस्तै साइबर सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा विकासका लागि  विश्वविद्यालयहरुलाई प्रोत्साहित गरिने मस्यौदामा उल्लेख छ ।

सूचना प्रविधिको तीब्र विकाससँगै यसको प्रयोग पनि बढ्दो छ । सूचना प्रविधिले मानिसको जीवनयापनमा सहजता प्रदान गरे पनि यसबाट हुने अपराध बढ्दो क्रममा छ ।

साथै, साइबर सुरक्षा सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा कार्य गर्ने संघ संस्थासँगको सहकार्यमा साइबर सुरक्षा फिनिसिङ स्कूलको व्यवस्था गरिने साइबर सुरक्षा नीतिमा उल्लेख छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गरिने पनि साइबर सुरक्षा नीतिमा उल्लेख छ ।

Previous Post Next Post