विद्यार्थीहरुले सिके शैक्षिक अवस्था, नेतृत्व क्षमता विकास, लैङ्गिक समानता, सामाजिक समावेशिता, सामाजिक जवाफदेहिताका कुरा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच वटा सरकारी तथा सामुदायिक विद्यालयका कक्षा पाँच देखि १० सम्मका ६० जना छात्र छात्राहरुलाई नेतृत्व क्षमता विकास बिषयक चार दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गत जेठ १० देखि १३ गते सम्म साप नेपालको कार्यालय स्थित साप फल्चामा तालिम सञ्चालन गरीएको हो ।  कक्षा ५ देखी ७ सम्मका ३२ जनालाई बिहान १० बजे देखि १ बजे सम्म र कक्षा ८ देखि १० सम्मका २८ जना विद्यार्थीलाई २ बजे देखि ५ बजे सम्म चार दिन सम्म तालिम सञ्चालन गरिएको थियो ।

साउथ एसिया पार्टनरशीप नेपाल (साप–नेपाल)को आयोजना र काठमाडौं महानगरपालिकाको सहयोगमा दलित लक्षित कार्यक्रम अन्तरगत “दलित छात्रछात्राहरुको आर्थिक, सामाजिक तथा राजनीतिक नेतृत्व क्षमता विकास र उपयुक्त शैक्षिक वातावरण सिर्जनाको लागि सहयोग” कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको सहकार्य र समन्वयमा विद्यार्थीहरुको नेतृत्व क्षमता विकास तालिम सफलताका साथ सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिकाको पाँच वटा सरकारी तथा सामुदायिक बिद्यालयका कक्षा ५ देखि १० सम्मका ६० जना छात्र छात्राहरुलाई नेतृत्व क्षमता विकास बिषयक चार दिने अनुशिक्षण कार्यक्रम २०८० जेठ १० देखि १३ गते सम्म साप नेपालको कार्यालय स्थित साप फल्चामा तालिम सञ्चालन गरिएको हो । कक्षा ५ देखि ७ सम्मका ३२ जनालाई बिहान १० बजे देखि १ बजे सम्म र कक्षा ८ देखि १० सम्मका २८ जना विद्यार्थीलाई २ बजे देखि ५ बजे सम्म चार दिन सम्म तालिम सञ्चालन गरिएको थियो ।

तालिममा अदिवासी दलित समुदाय र उनीहरुको वर्तमान अवस्थाः आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, नेतृत्व क्षमता विकास, लैङ्गिक समानता, सामाजिक समावेशिता, सामाजिक जवाफदेहिता र विधि बारे प्रशिक्षण दिईएको थियो । प्रमुख प्रशिक्षणमा साप नेपालका प्रदेश संयोजक जनक कार्की रहनुभएको थियो भने अर्चना चौधरी, आनन्द आदित्य, सन्तोष नन्दन भन्डारी, रुक्मनी कार्की र साप नेपालका अध्यक्ष गिता भट्टराई लगायतले समेत कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागिहरुलाई रकेट चन्द्रमा जस्ता खेल खेलाएर नेता, नेतृत्व सम्बन्धमा बुझाउनुको साथै अन्य विषय वस्तु सान्दर्भिक खेल कथा चुट्कीला मार्फत सहजिकरण गरिएको थियो ।

विद्याालयबाट बाहिर निस्केर किताब भन्दा भिन्न कुरा सहभागीतामुलक तरिकाले सिक्न पाएको बताउँदै पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयकी सन्ध्या दर्जीले खुशी व्यक्त गर्नुभएको थियो । विश्व निकेतन माध्यमिक विद्यालय कक्षा ८ का दिव्सन बराइलीले आफुले पहिलो पटक प्रगतिशील शैक्षिक वातावरणमा सहभागीतात्मक रुपमा खेल, कथा तथा सामुहीक कार्य र प्रस्तुति मार्फत सिक्न पाएको बताउनुभयो । लैङ्गिक समानता, सामाजिक समावेशिता विषयमा तालिम लिएपछि तालिममा सहभागी छात्रछात्राहरुले तालिमबाट फर्केर घरमा गएर घरको काममा आमालाई सघाउनुका साथै भाँडा माझेर सहयोग पु¥याएको बताएका थिए ।

सुरुमा बोल्न हिचकिचाएका सहभागीहरुले तालिम लिएपछि ढुक्कसंग माईकमा बोल्न सिकेको, नेता, नेतृत्व लैङ्गिक समानता, सामाजिक समावेशिता, सामाजिक जवाफदेहिता बारे ज्ञान, शिप र धारणा बढेर बिषय वस्तु बारे बताउन सक्ने भएका सहजकर्ता जनक कार्कीले बताउनुभयो ।

कार्यक्रममा भी.एस. निकेतन, रत्नराज्य, पद्मोदय, पद्मकन्या विद्याश्रम र गुह्येश्वरी माध्यमिक विद्यालयका छात्रछात्राहरुले सहभागीता जनाएका थिए ।

आगामी दिनमा दोस्रो चरणको कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिकाका ५ वटा सरकारी तथा सामुदायिक विद्यालयका छात्रछात्राहरु बिच अन्तर विद्यालय स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगिता गराइने कार्यक्रम रहेको सहजकर्ता जनक कार्कीले बताउनुभयो ।

Previous Post Next Post