कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट बन्यो अवेरनेस इन्टरनेशनल एकेडेमीे

२१० औँ जन्मजयन्तीका अवसरमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट बन्यो शंखमूलस्थित  अवेरनेस इन्टरनेशनल एकेडेमी

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगितामा शंखमूलस्थित अवेरनेस इन्टरनेशनल एकेडेमीले उत्कृष्ट स्थान हासिल गरेको छ ।

भ्याली पब्लिक स्कुलद्वारा शुक्रबार आयोजित कविता लेखन तथा वाचन प्रतियोगितामा ३३ विद्यालयले सहभागिता जनाएका थिए । एआइएका कक्षा १० का छात्र डिपलभ अधिकारीले प्रथम स्थान हासिल गर्नुभएको छ । उहाँले पुरस्कारस्वरुप नगद आठ हजार रुपियाँ सहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला कार्यसमितिले आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीका अवसरमा शुक्रबारै राजधानीमा आयोजना गरेको प्याब्सन प्रथम उपत्याकाव्यापी कविता महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम २०८० मा पनि अवेरनेस इन्टरनेशनल एकेडेमीले उत्कृष्ट स्थान हासिल गरेको छ ।

प्याब्सनमा आबद्ध ५३० विद्यालयबाट ५० विद्यालयले सहभागिता जनाएको कार्यक्रममा एआईएबाट सहभागी स्नेहा पौडेलले चौथो स्थान हासिल गरेर कविता लेखन र वाचन क्षमताको परिचय दिलाउनुभएको छ । उहाँले पुरस्कारस्वरुप नगद चार हजार रुपियाँ र प्रमाणपत्र सहित सम्मानित हुनुभएको छ ।

प्याब्सन काठमाडौँद्वारा आयोजित कार्यक्रममा भानुभक्तीय रचना पाठ गर्दै विमल गिरी ट्रफीसहित सम्मानित हुनुभएको छ । एकै दिनमा फरकफरक कार्यक्रममा उत्कृष्टता प्रमाणित गर्ने विद्यार्थी भाइबहिनीप्रति गर्व गर्दै विद्यालयका प्रधानाध्यापक विमल घिमिरेले साहित्यिक उज्ज्वल भविष्यको कामना गर्नुभयो । यी पुरस्कृत भाइबहिनीलाई सोमबारको प्रार्थना कार्यक्रममा विद्यालयले थप सम्मान गर्ने उहाँले बताउनुभयो ।









Previous Post Next Post