कविता : मेरो देश


मेरो देश

                                       -स्नेहा पौडेल

अनेकतामा बिलाउने एकताको मर्म

सेवा गरी सन्तोष लिने नेपालीको धर्म |

प्रकृतिको हराभरा  हाम्रो सुन्दर देश

खोज्यौं भने नपाउने यो देशमा के छ ?

 

हिमालमा डाँफे देख्दा हाम्रो मन हाँस्छ

तराईमा प्वाँख फिजाई मयुर चरी नाच्छ |

अमूल्य छन् जडीबुटी सकिँदैन गनी

गर्व लाग्छ मेरो देश म नेपाली भनी |

 

हिमालको उच्च शिर नेपालीको सान

वलिदानी वीर पुर्खाको  गरौँ सबले  मान |

कोइलीको मिठो बोली कुहुकुहु   गाउँदा

हाम्रो मन गदगद हुन्छ पर्यटक  आउँदा

 

बुद्ध सीता जन्मिएको प्राचीन देवभूमि

जीव जन्तु मानव जाति रमाउने झुमी  |

भाषा धर्म संस्कृतिमा देखिन्छ यो धनी

यी सबैमा आफ्नो संस्कार  झल्किएकै छ नि |

 

कला, धर्म प्रकृतिले संसारमै बेस

आफ्नै देशमा श्रम पोखी सिंगार्नु छ देश  |

यो  देशका सम्पदालाई जोगाएर जुटौँ  

यसको इज्जत बढाउन एकजुट भई उठौँ |

 

को हिमाली को तराई को  पहाडी यहाँ !

नेपालीकै पहिचान रहे पनि जहाँ  |

(शंखमूलस्थित  अवेरनेस इन्टरनेशनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा स्नेहा पौडेलद्वारा रचना र वाचन गरिएको कविता। प्याब्सनमा आबद्ध विद्यालयबाट ५० विद्यालयले सहभागिता जनाएको कार्यक्रममा एआईएबाट सहभागी स्नेहा पौडेलले चौथो स्थान हासिल गर्नुभएको थियो ।)

Previous Post Next Post