अवेरनेस इन्टरनेसनल एकेडेमीमा मनाइयो नवौं बाल उत्सव

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर ३१ शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीले (एआईए) बालबालिकाको प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्य अनुरुप नवांै बाल उत्सव मनाएको छ ।  बालबालिकाको मनोबल उच्च राख्ने उद्देश्य आयोजना गरिएको सो बाल उत्सव कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गरिरहेका बालबालिकाहरुले सागिंतिक प्रस्तुत गरेका थिए ।

सागिंतिक कार्यक्रममा तीनसय छात्र–छात्रा सहभागीता रहेकोे थियो भने अभिभावकले आनन्द र हर्षोउल्लासपूर्वक आफ्ना नानीहरु प्रतिभाको कदर गर्दै सो कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख आथित्यता काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी मोतीलाल भट्टराई गर्नुभएको थियो भने विद्यालयका संस्थापक निर्देशक चेतनाथ कणेलको सभापतित्व सप्पन्न भएको थियो । विद्यालयका संस्थापक तथा उप–प्राचार्य खगेश्वर गिरी र  संस्थापक निर्देशक कृष्णप्रसाद गैरेले सञ्चालन गरेको बाल–उत्सव कार्यक्रममा विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विष्णुप्रसाद अर्यालले बालबालिका भोलिको कर्णाधार हुन ऊनीहरुमा भएको प्रतिभा अभिभावकको वीचमा राख्न पाउँदा हर्ष विभोर भएको बताउदै ‘वार्षिक रुपमा बालबालिकालाई लक्षित गरि वार्षिक रूपमा बाल–उत्सव’ आयोजना गर्दै आएको र अगामी दिनमा निरन्तरता दिदै जाने बताउनु भएको थियो । सोही सोही अवसरमा विद्यालयका संस्थापक तथा प्राचार्य विमल घिमिरेले विद्यालयले गर्दै आएका विभिन्न शैक्षिक तथा विविध क्रियाकलापहरू विद्यालयले गर्दै आएका विभिन्न उपलब्धिहरूका बारेमा अवगत गराउनु भएको थियोे ।

बाल उत्सव कार्यक्रममा स–साना भाइबैनीहरूले दुई दर्जन जति सांगीतिक प्रस्तुतिको साथसाथै अतिरिक्त क्रियाकलाप  अन्तर्गत समसामयिक सामाजिक विषयमा केन्द्रित एकांकी नाटक तथा र कराते खेलको प्रदर्शन समेत गरेका थिए । यसैगरी कार्यक्रममा विविध प्रकारका परम्परागत तथा आधुनिक बाजाहरू प्रदर्शन गर्नुका थिए। सोही अवसरमा शैक्षिक सत्र २०७९ मा नर्सरीदेखि कक्षा दुईसम्म उत्कृष्ट  विधार्थीहरूलाई पुरस्कार प्रधान  गरिएको थियो ।

बाल उत्सव कार्यक्रममा अभिभावकहरूको प्रतिनिधित्व गर्नु भएकी गीता पौडेल बेलबासेले विद्यालयले नेपाली संस्कारसहितको गुणस्तरीय शिक्षा दिनु भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि बालबालिकाको प्रतिभालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियोे ।

सभापति चेतनाथ कणेलले काठमाडौंमा मात्र नभएर देशमै उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय विगत १७ वर्षदेखि दत्तचित्त भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

विद्यालय स्थापनाकालदेखि नै हरेक वर्ष जुनियर तथा सिनियर गरी दुईपटक ‘वार्षिक रूपमा  बालउत्सव’ तथा अभिभावक भेला आयोजना गर्दै आएको समेत बताउनुभयो । यसैगरी विद्यार्थीहरूको लेखकीय प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘बड अफ अवेरनेस’ दैमासिक स्मारिका समेत प्रकाशन गर्दै आएको विद्यालय संस्थापक निर्देशक शैलेन्द्र झाले बताउनुभयो ।

Previous Post Next Post