चेपाङ तथा अतिविपन्न वर्गका स्थानीयलाई राप्ती नगरपालिकाको निःशुुल्क एम्बुुलेन्स सेवा

चितवन । चितवनको राप्ती नगरपालिकाले निःशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने भएको छ । पालिकाभित्र रहेका चेपाङ तथा अतिविपन्न वर्गका स्थानीयलाई लक्षित गर्दै पालिकाले ‘एक कलको भरमा निःशुल्क एम्बुलेन्स् सेवा तपाईको घर घरमा’ अभियान नै सञ्चालन गरेर सेवा दिइरहेको हो । 

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा सबै नगरवासीलाई निःशुुल्क रुपमा एम्बुुलेन्स सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँका अनुुसार पालिकाले गत आर्थिक वर्ष अति विपन्न तथा दीर्घरोगीहरुलाई मात्र निःशुल्क रुपमा एम्बुलेन्स् सेवा उपलब्ध गराउँदै आएको थियो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पालिकाले गत साउनदेखि सबै स्थानीयलाई लक्षित गर्दै निःशुुल्क एम्बुलेन्स्् सेवा उपलब्ध गराउदैँ आएको हो ।

‘हाल पालिकाभित्र रहेका तीन सय जनाभन्दा बढी दीर्घरोगीलाई हामीले घरबाट अस्पताल र अस्पतालबाट घरसम्मै लैजान्छौँ । उहाँहरु धेरैजसो सातामा एक पटक अस्पताल जानुुपर्ने हुन्छ, हामीले उहाँहरुको सजिलोका लागि निःशुुल्क सेवा दिएका हौँ’, उहाँले भन्नुभयो ।

उहाँले हाल नगरपालिकामा भएको एउटा एम्बुुलेन्सबाट सेवा प्रवाह गर्न समस्या भएको भन्दै नयाँ एम्बुुलेन्स खरिद प्रक्रियामा रहेको बताउनुभयो । अबको दुई साताभित्र नयाँ एम्बुुलेन्स आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

‘राप्तीका सीमान्तकृत चेपाङ समुदाय आर्थिक अभावकै कारण उपचारका लागि अस्पताल जाँदैनन् । सरकारी अस्पतालमा चेपाङ समुदायको निःशुल्क उपचार हुन्छ । बिरामी ल्याउन समस्या हुने भएकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेका हौँ’, उहाँले भन्नुभयो, ‘निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भएपछि पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङसहित अतिविपन्न परिवारहरुलाई अस्पतालसम्म आउन सहज भएको छ ।’

उहाँले हाल सञ्चालनमा रहेको एम्बुलेन्सले नभ्याउँदा स्थानीयले अन्य एम्बुलेन्स प्रयोग गर्ने गरेका छन् । अन्य एम्बुलेन्स प्रयोग गरेको बिल नगरपालिकामा बुझाएपछि त्यस बापतको रकम समेत उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ ।

‘अहिले एम्बुलेन्स व्यस्त हुँदा स्थानीयहरुले अरु एम्बुलेन्सको प्रयोग गर्नुहुन्छ, हामी बिल अनुसारको रकम भुक्तानी गछौँ । नयाँ एम्बुलेन्स आएपछि स्थानीयलाई सहज हुन्छ, अरु एम्बुलेन्स बोलाउनुपर्ने झन्झटको अन्त्य हुन्छ’, उहाँले भन्नुभयो ।

निःशुल्क एम्बुलेन्स सेवाका लागि नगरसभाको निर्णय अनुसार २० लाख रुपियाँ छुट्टाइएको भन्दै त्यसबाटै हाल दैनिक खर्च धानिरहेको उहाँले बताउनुभयो। 

‘चितवन जिल्लाका अन्य पालिकाको तुुलनामा राप्ती नगरपालिका विकट क्षेत्रमा पर्छ, विकट क्षेत्रका जनतालाई सहज रुपमा सेवाप्रवाह गर्न हामीले निःशुुल्क एम्बुुलेन्सदेखि रगतसम्म उपलब्ध गराउने गरेका छौँ’, उहाँले भन्नुभयो ।

विपन्नको घर बनाउनेदेखि शिक्षासम्म सित्तैमा

राप्ती नगरपालिकाले निःशुुल्क एम्बुुलेन्स सेवा बाहेक निःशुुल्क रगत, अति विपन्नको घर बनाइदिनेदेखि सामुुदायिक विद्यालयमा अध्ययन गर्दा कुनै पनि खर्च नलाग्नेसम्मको व्यवस्था गरेको छ ।

नगर प्रमुुख शमशेर लामाले पालिकाले ब्लड बैंकसँग समन्वय गरेर निःशुुल्क रुपमा रगत उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले तीन महिनामा १०७ जनाले ब्लड बैंकबाट निःशुुल्क रगत लिएको बताउनुभयो ।

‘रगत आवश्यक पर्नेहरु ब्लड बैंकमा जानुहुुन्छ, राप्ती नगरवासीको प्रमाण खुुल्ने जुनसुकै प्रमाणपत्र देखाएपनि रगत उपलब्ध हुन्छ, ब्लड बैंकले हरेक ३ महिनामा हामीकहाँ बिल उपलब्ध गराउनुहुन्छ, बिलका आधारमा भुक्तानी गछौँ’, उहाँले भन्नुभयो, ‘कात्तिकदेखि पुस महिनामा १०७ जनाले रगत लिनुभएको रहेछ, हामीले एकमुुष्ठ ब्लड बैंकलाई एक लाख ४५ हजार रुपियाँ भुक्तानी गरिसकेका छौँ ।’

उहाँले पालिकाले अति विपन्नको घर बनाउने अभियान समेत सञ्चालन गरेको बताउनुभयो । अभियान अन्तरगत गत आर्थिक वर्षमात्र २२६ जनाको घर बनाइदिएको उहाँको भनाइ छ ।

‘पालिकाले दुई कोठे भूकम्प प्रतिरोधी घर बनाइदिन्छ, यसमा दुई वटा झ््याल र दुई वटा ढोका राखिएको हुन्छ । जस्ताले छाएको र भित्तामा इट्टा लगाएर यी घर बनाइन्छ ।’ उहाँले पालिकाले दुई लाख रुपियाँ उपलब्ध गराउने भन्दै बाँकी सम्बन्धित व्यक्तिले श्रमदान गर्ने गरेको बताउनुभयो ।

गत वर्ष राप्तीले ६६ वटा, प्रदेश सरकारको सहयोगमा ४५ वटा र अन्य विभिन्न संघसंस्थाको सहयोगमा १२१ वटा गरी २२६ वटा घर निर्माण गरिएको थियो । पालिकाले दुई लाख, प्रदेश सरकारले तीन लाख र संघ संस्थाले दुई देखि पाँच लाख रुपियाँसम्म खर्च गरेर अति विपन्न नागरिकका लागि घर निर्माण गरिएको उहाँको भनाइ छ ।

निःशुल्क शिक्षाका लागि छ करोड बजेट

पालिकाले अन्य सेवाजस्तै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिदैँ आएको छ । चालु शैक्षिक सत्रदेखि पालिकाभित्र सञ्चालित ४९ वटा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिदैँ आएको हो ।

‘पालिकाले विद्यालयलाई आवश्यक पर्ने रकम वितरण गर्छ, ७५३ स्थानीय तहमध्ये हामीले नै यो सेवा पहिलो पटक सुरु गरेका हौँ’, मेयर लामाले भन्नुभयो, ‘अहिले विद्यालयहरुले भर्नादेखि अन्य शीर्षकमा अभिभावकबाट शुल्क उठाउदैँ आएका छन्, हामीले अभिभावकले दिने पैसा पालिकाबाट नै व्यर्होने गरी निःशुल्क शिक्षा सुरु गरेका हौँ ।’

उहाँका अनुसार राप्ती नगरपालिकाभित्र रहेका उक्त विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्क, खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन । यस्तै, पालिकाले एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशनका लागि समेत शुल्क लिँदैन ।  निःशुल्क शिक्षाका लागि नगर सभाबाट छ करोड रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

Previous Post Next Post