हस्तलेखन कसरी सुधार्न सकिन्छ ? यस्ता छन् श्रीकृष्ण भुसालका टिप्स

१. लेख्दा आफूलाई सजिलो हुने पेन लिने र सजिलो गरी बस्ने।

२. कपीको बायाँ र माथि एक(एक इन्च तथा दायाँ र तल आधी(आधी इन्च मार्जिन छोड्ने।

३. सामान्यतया मार्जिनको दायाँ(बायाँ र तल(माथिको खाली भागमा नलेख्ने। 

४. अक्षरको आकृति र संरचनाको बारेमा प्रष्ट भएर सोही अनुसार मात्र लेख्ने।

५. एक अक्षरले अर्को अक्षर नछुने गरी अक्षर(अक्षर बीचको दूरी कम भन्दा कम गर्ने।

६. शब्द(शब्द बीचको दूरी एउटा अक्षर बराबर कायम गर्ने।

७. वाक्य पूरा भएपछि ठाउँ खाली नगरी पूर्णविराम दिने। पूर्णविराम पछि एउटा अक्षर बराबर ठाउँ छाडेर अर्को वाक्य सुरु गर्ने।

८. बायाँ तर्फको मार्जिनल लाइन देखि दायाँ तर्फको मार्जिनल लाइन सम्म पुरै ठाउँ कभर गर्ने गरी लेख्ने।

९. प्याराग्राफ परिवर्तन गर्दा ट्याब ९केही ठाउँ छोडेर सुरु गर्ने० नगरी इन्टर ९एक लाइन छाडेर अर्को लाइनबाट सुरु० गर्ने।

१०. अक्षरहरुको साइज बराबर गराउने।

११. अक्षर सकभर सीधा ठाडो लेख्ने नभए एकनासले थोरै दायाँ तर्फ ढलकाउने, बायाँ तर्फ कदापि नढलकाउने।

१२. अक्षर तेर्सो तर्फ नतनकाउने बरु थोरै ठाडो तन्काएर स्लिम बनाउने।

१३. नेपाली अक्षर धर्का मुनि लेख्ने र धर्कामा नै सीधा हुनेगरी डिका दिने।

१४. अक्षरमा दिने मात्राले अक्षर नछुने।

१५. झ, थ, ध, भ, श, क्ष, श्र र अ मा डिका दिँदा पछिल्लो सिधा रेखामा मात्र दिने।

१६. अक्षर लेख्दा धैर्यतापूर्वक लेख्ने, लेखाइको सुरु देखि अन्त्यसम्म एकनासका अक्षर लेख्ने।

१७. आफूलाई सबैभन्दा सजिलो लाग्ने फन्टमा मात्र लेख्ने। फन्ट बारम्बार परिवर्तन नगर्ने।

१८. सकभर केरमेट गर्नु नपर्ने गरी लेख्ने। गल्ती भए एउटा तेर्सो रेखाले बीचबाट काटेर केर्ने। फोहर देखिने गरी केरमेट नगर्ने।

१९. अङ्ग्रेजी लेख्दा सुरुमा प्रिन्ट टाइपमा लेख्ने अभ्यास गर्ने। त्यसपछि बिस्तारै थप सुन्दर बनाउन मिनोकर्सिभ स्टाइलमा अभ्यास गर्ने र अझै राम्रो गर्न सक्ने अवस्थामा मात्र कर्सिभ स्टाइलमा लेख्ने। यो नै अङ्ग्रेजी हस्तलेखनको वैज्ञानिक विकास क्रम हो।

२०. हस्त लेखनले मानिसको समग्र व्यक्तित्व निर्धारण गर्छ। त्यसैले हस्ताक्षर सुधार गरौं, व्यक्तित्व निर्माण गरौं।

(भुसाल अर्घाखाँची आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)

Previous Post Next Post