निर्वाचन सम्बन्धी सामग्रीको प्रयोग गर्दै मतगणनामा समेत सहभागी हुन पाउँदा प्रफुल्ल भए एआईएका विद्यार्थी

काठमाडौं । वानेश्वरको शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) मा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आफ्नो नियमित सञ्चालनको क्रममा शुक्रबार विद्यालयका कप्तान, उपकप्तान, हरेक सदनका प्रमुख, उपप्रमुखको निर्वाचन सम्पन्न गरेको हो । उक्त कार्यका लागि दुई दिनको समयमा मतदाताको सूची प्रकाशन, उमेदवार मनोनयन, दाबी विरोध र  प्रचारप्रसारको समय छुट्टाइएको थियो । जिल्ला निर्वाचन आयोगको कार्यालय, काठमाडौँको प्राविधिक सहयोगमा निर्वाचन सम्पन्न भएको हो ।

आफ्ना बाबाआमाले नै आमनिर्वाचनमा प्राप्त गरेको मतदाता शिक्षा प्राप्त गरेका विद्यार्थीले निर्वाचन सम्बन्धी ब्यानर, मतपेटिका, मतपत्र, स्वस्तिक चिन्ह, लाहाको प्रयोग गर्दै  मतगणनामा समेत  सहभागी हुन पाउँदा विद्यार्थीहरु प्रफुल्ल थिए ।

मतदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा मुख्य निर्वाचन आयुक्त तथा विद्यालय निर्देशक शैलेन्द्रकुमार झा प्रफुल्ल देखिनुहुन्थ्यो भने विद्यालयका सहप्रधानाध्यापक तथा सामाजिक विषय शिक्षक खगेश्वर गिरी आफूले पढाउनुपर्ने विषयलाई विद्यार्थीले सकारात्मक रूपमा ग्रहण गर्न सकुन् भनी असाध्यै सचेत हुनुहुन्थ्यो ।

विद्यालयका निर्देशक कृष्णप्रसाद गैरेले निर्वाचन सामग्रीको पजनीमा तल्लीन देखिनुहुन्थ्यो । निर्वाचन अधिकृतको जिम्मेवारी बहन गर्नुभएका मनोज भट्ट विद्यार्थीलाई निर्वाचनको प्रयोगात्मक विधि सिकाउन पाएकोमा दङ्ग हुनुहुन्थ्यो । चार सदनका मतदान अधिकृतको रूपमा क्रमशः रामुका थापा, माया तामाङ, सोम गुरुङ र विकु बलामी निर्वाचन अवधिभर असाध्यै  खटिरहनुभएको देखिन्थ्यो । पूर्वजिम्मेवारी अनुसार विद्यालयका सबै शिक्षकशिक्षिका कार्य सम्पन्न गर्ने चटारोमा देखिनुहुन्थ्यो । विद्यालयका प्रबन्ध निर्देशक विष्णुप्रसाद अर्यालले पर्यवेक्षण गरिरहनुभएको थियो । विद्यालयका प्रधानाध्यापक विमल घिमिरे सबतिरको रिपोर्ट लिरहनुभएको थियो । मतदातालाई पंक्तिमा राख्नेदेखि मतपेटिकासम्म पुग्ने काममा म्यादी प्रहरीको जिम्मेवारी विद्यार्थी स्वयंले नै गरेका थिए ।

विद्यालय कप्तानको पदका लागि  विटेन ज्ञवाली, साधना श्रेष्ठ र समृद्धी बैद्य गरी तीन जना उमेदवारले प्रतिष्पर्धा गरेका छन् भने उपकप्तानको निर्वाचनमा अनमोल केसी, दिप्सन रायमाझी, मन्दीप श्रेष्ठ, प्राप्ती पौडेल र समीक्षा दाहालले प्रतिष्पर्धा गरेका छन् ्र यसैगरी चारै सदनका कप्तान र उपकप्तानको समेत छिनोफानो हुने छ ।

अहिले मतपेटिका उमेदवारको रोहबरमा सिलबन्दी अवस्थामा निर्वाचन आयुक्तको कार्यकक्षमा राखिएको छ ।  मतगणना कार्य आइतबार विद्यार्थीको उपस्थितिमा नै गरेर सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।






Previous Post Next Post