६६ टिमको सहभागितामा एआईएमा बास्केटबल महाकुम्भ शुरु (फोटो फिचर सहित)

काठमाडौँ । बानेश्वर शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि शुरु  भएको छ ।

प्रतियोगितामा ६६ टिमको सहभागिता रहेको छ । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहेको छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ५० हजार रुपियाँ खर्च हुने बताइएको छ । तीन दिने प्रतियोगिताका खेलहरू शंखमुलस्थित आयोजकको आफ्नै कोर्टमा जारी छ ।




















Previous Post Next Post