एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि ज्ञान निकेतन, एनसीसीएस र एआईएलाई

काठमाडौँ । एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि ज्ञान निकेतन, एनसीसीएस र आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० ले प्राप्त गरेका छन् ।

ज्ञान निकेतन सिनियर ब्वाइज, एनसीसीएस गर्ल्स र एआईए जुनियर ब्वाइजमा च्याम्पियन बनेका छन् । सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले सनसाइनलाई १२–१० स्कोरले हराएको छ । यस्तै गर्ल्स फाइनलमा एनसीसीएले रोज बडलाई ८–४ ले हराएको छ ।

घरेलु कोर्टमा जुनियर ब्वाइजतर्फ फाइनलमा एआईएले ज्ञान निकेतनलाई ८–४ ले हराएको छ । सिनियरमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, गर्ल्समा एनसीसीएसकी दिभा महर्जन र जुनियर ब्वाइजमा एआईएका दीक्षान्त ठकुरी मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । सिनियर ब्वाइजमा एआईए, सिनियर गर्ल्समा इनोभेटिभ र जुनियर ब्वाइजमा काठमाडौं जेभियरले अनुशासित टिमको ट्रफी हात पारेका छन् ।

बानेश्वर शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि शुरु  भएको थियो  ।

प्रतियोगितामा ६६ टिमको सहभागिता रहेको थियो । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहेको थियो । खेल लिग कम नकआउट आधारमा भएको थियो ।

प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ५० हजार रुपियाँ खर्च भएको बताइएको छ । तीन दिने प्रतियोगिताका खेलहरू शंखमुलस्थित आयोजकको आफ्नै कोर्टमा सम्पन्न भएको थियो ।







Previous Post Next Post