अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीको उत्कृष्ट प्रस्तुति

काठमाडौं । काठमाडौँ जिल्ला प्याब्सनद्वारा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) उत्कृष्ट तेस्रो विद्यालयको रूपमा पुरस्कृत भएको छ ।

प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको एघारौ संस्करण–२०८१ म एआइएले तृतीय स्थान हासिल गर्दै पुरस्कृत भएको हो ।

उपत्यकाका उत्कृष्ट ७९ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा एआईएले आफूलाई तृतीय स्थानमा उभ्याउन सफल भएको हो ।

उपत्याकाबाट ७९ विद्यालयको प्रतियोगितामा उत्कृष्ट तीनमा पर्नु विद्यालय परिवारका लागि गर्वको विषय भएको भन्दै विद्यालयका प्रिन्सिपल बिमल घिमिरेले भन्नुभयो – “प्याब्सन तीजनृत्य प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा हाम्रो विद्यालय मात्र त्यस्तो विद्यालय हो, जसले दुईपटक प्रथम र लगभग हरेक वर्ष कुनै न कुनै पुरस्कार प्राप्त गर्ने गरी छनोटमा परेको छ । अहोरात्र खटेर विद्यार्थीलाई यो हैसियतमा पु¥याउने नृत्य शिक्षक अनिश लामा, मिहिनेती विद्यार्थी र सहयोगी अभिभावक वर्ग धन्यवादका पात्र हुनुहुन्छ ।”

प्रतियोगिताबाट भ्याली भ्यू स्कुल र इडेन ब्रिज एकेडेमीले प्रथम स्थान हासिल गरेका थिए भने जेस्सिज इन्टरनेशनल बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेको थियो ।




Previous Post Next Post