बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन ग्लोबल आइएमईको जुनियर बैंकिङ एप

काठमाडौँ । बालबालिकालाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो ।

बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल्ली गराउनु यो एपको उद्देश्य हो । बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ ।

साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न यो एपले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने बैंकको दाबी छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।

बालबालिकालाई आफै डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।

यो एप मार्फत बालबालिकाहरुले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरुमा आर्थिक जिम्मेवारीको समेत विकास हुने बैंकको भनाई छ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरुको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ । 

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरुमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ ।

किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म बालबालिकाहरुले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरुको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् । यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउनुभयो । भौतिक कारोबार कम गर्न यस एपले पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

‘यो एपलाई परिवारले नै ह्यान्डल गर्न सकिन्छ, बालबालिकालहरूले भबिष्यमा सहज रूपमा कारोबार गर्न सक्नुहुन्छ, बिना सीम यो एप चलाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘बैंकको नारा अनुरुप बालबालिकालाई पनि सेवा दिन यो एप ल्याइएको हो ।’

Previous Post Next Post