ग्लोबल कन्सल्टमा ‘अष्ट्रेलिया एडमिसन डे’ हुने

 


काठमाडौँ, फागुन २२ गते

विदेशमा पढ्न जाने विद्यार्थी माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाडौँले ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना गर्ने भएको छ ।

ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेका अनुसार कम्पनीले यही फागुन २३ गते शुक्रबार काठमाडौँको नयाँ बानेश्वर, आलोक नगर बस स्टपमा रहेको आफ्नै कार्यालयमा ‘अष्ट्रेलिया एडमिसन डे’ गर्न लागेको हो ।

एडमिसन डेमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी र कलेजका प्रतिनिधिले विद्यार्थीले पढ्न चाहेको विषय, भिसा प्रक्रिया र भर्ना सम्बन्धि जानकारी दिनेछन् । त्यसैगरी विद्यार्थीले भिसा प्रक्रियाका लागि चाहिने डकुमेन्टका विषयमा पनि जानकारी पाउनेछन् । साथै कार्यक्रममा बैंकका प्रतिनिधिले शैक्षिक कर्जाका विषयमा जानकारी प्रदान गर्नेछन् ।

यसका अतिरिक्त एडमिसन डे मा विद्यार्थीले आइईएलटिएस वा पिटिईमा भर्नाहुँदा ५० प्रतिशत र विद्यार्थी भिसा प्रक्रियाको सर्विस चार्जमा सय प्रतिशत छुट पाउनेछन् । कार्यक्रममा सहभागी विद्यार्थी मध्येबाट भाग्यशाली विजेताको रुपमा उपहार समेत प्रदान गरिने ग्लोबल कन्सल्टले जनाएको छ ।

Previous Post Next Post